काठमाडौं । काठमाडौंको विष्णुमती र धोबीखोलामा जलस्तर बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बुधबार राति साढे ९ बजेतिर विष्णुमती र धोबीखोला जलाधारमा पछिल्लो दुई घण्टा भारी वर्षा मापन गरिएको जनाएको छ ।
महाशाखाकाअनुसार विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह दुई मिटरले बढेको छ ।
विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने...