तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व

निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व रु एक अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ । गत फागुनसम्ममा रु एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म रु १८ करोड ३१ लाख राजश्व असुली भएको छ । यही जेठमा मात्र रु १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

सम्बन्धित सामग्री

साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब...

साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब...

नवलपुरमा उठ्यो २६ अर्ब बढी राजस्व

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ। कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बता...

पुसमा उठ्यो ७१ अर्ब आन्तरिक राजस्व

काठमाडौं, माघ ४ । आन्तरिक राजस्व विभागले पुसमा ७१ अर्ब १३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्वका स्रोतमार्फत कर परिचालनको जिम्मेवारी पाएको विभागले विभिन्न सात शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो । विभागले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा भने अत्यन्त न्यून हो । पुसमा कुल एक खर्ब छ अर्ब ९८ करोड रुपियाँ […]

चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा ४ अर्ब ३४ करोड राजस्व उठ्यो

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु तीन अर्ब ६९ करोड जम्मा गरेको कामपाले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले बताउनुभयो । बुधबार कामपामा भएको राजस्व परामर्श समितिको […]

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व

काठमाडौँ,४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड […]

६ महिनामा उठ्यो ५ खर्ब ७६ अर्ब राजस्व, कसको योगदान कति ?

२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ […]

सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठ्यो

कोरोनाको नियन्त्रणका लागि देशव्यापी रुपमा निषेधाज्ञा जारी गरिएको भए पनि वैशाखसम्म कूल रु सात खर्ब ६१ अर्ब बराबरको राजश्व उठेको छ । अर्थ मन्त्रालयका अनुसार कूल राजश्व परिचालन गन आवको सोही अवधिको तुलनामा २५.४ प्रतिशलते वृद्धि भएको हो ।  कूल राजश्वमा कर राजश्व रु सात खर्ब नौ अर्ब ६२ करोड रहेको छ । यस्तै, गैरकर राजश्व रु ५१ अर्ब ३८ करोड रहेको छ । सो अवधिमा अन्य प्राप्तिसहित कूल राजश्व र प्राप्ति रु सात खर्ब ९७ अर्ब ३३ करोड रहेको छ । गत वैशाख मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा सम्पूर्ण शीर्षकका कर राजश्वमा वृद्धि भए...