नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्