भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ ।
यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । भारतले यस वर्ष निर्यात कोटा पनि घटाएर ४० लाख टनमा झार्ने तयारी गरेको छ ।
भारतले एल निनो मौसमको प्रभावका कारण बितेको सात दशककै खराब खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ । ख...
काठमाडौं । भारतले आफ्नो उत्पादनमा निर्यात प्रतिबन्धदेखि निर्यातमा कर लगाउन थालेको छ । गत शुक्रबार एक सूचना निकालेर भारतले चिनी निर्यात प्रतिबन्ध पनि लम्ब्याएको छ । भारतले पछिल्लो ४ महिनादेखि चिनी निर्यात रोकेको थियो । अब त्यो प्रतिबन्धलाई १ वर्ष लम्ब्याएको हो । यसअनुसार सन् २०२३ को अक्टोबरसम्म चिनी निर्यात प्रतिबन्ध हुनेछ । विश्व बजारमा […]
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गहुँ–चिनीलगायत केही वस्तुमा लगाएको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त...
२९ असार,काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमाआयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् । कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने […]
काठमाडौंँ - भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने भारतीय राजदूत नवीन श्रीवास्तवले स्पष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरेको औपचारिक भेटवार्तामा यस्तो जानकारी दिएका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले भारत स...
पछिल्लो दुई साताको बीचमा चिनीको मूल्य प्रतिकेजी १० रुपियाँसम्म महँगो भएको छ । भारत सरकारले चिनी निर्यात प्रतिबन्ध लगाएसँगै चिनी उद्योगी एवं व्यापारीले मनोमानी ढङ्गले चिनीको मूल्य वृद्धि गरेका हुन् ।
काठमाडौं । केही दिनअघि गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ । भारतको यो कदमसँगै आन्तरिक उत्पादनले नपुग्ने नेपालमा चिनीको मूल्य वृद्धि र अभाव चर्किने देखिएको छ ।
वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने नेपालमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन हाराहारी मात्रै छ । बाँकी माग आयात गरेर धान्ने गरिएको छ ।
विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो ।
ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ । पाकिस्तानले यसअघि नै चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेकाले भारतको पछिल्लो निर्णयले नेपालमा चिनीको अभाव र महँगी बढ्ने सरोकारवाला बताउँछन् ।
नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर गर्ने बताउँछन् । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनीको माग छ । स्वदेशमा यो वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । भारतको प्रतिबन्धले निकट भविष्यमै नेपाली बजारमा चिनी अभाव हुने उनले बताए । भन्सार विभागको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारतबाट ८९ हजार मेट्रिक टन चिनी आयात भएको छ ।
सरकारी अनुदानको चिनी आयात र विक्री–वितरण गर्दै आएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३२ टनमात्रै मौज्दात छ । उक्त मौज्दात सकिन नदिन साल्ट ट्रेडिङले खुद्रा रूपमा मात्रै चिनी बेच्ने गरेको छ । ५० हजार मेट्रिक टन चिनी किन्न सरकारसँग अनुमति मागेको डेढ वर्ष पुग्न लागे पनि त्यसमा बेवास्ता भइरहेको साल्ट ट्रेडिङका अधिकारी बताउँछन् ।
पछिल्लो समय साल्ट ट्रेडिङले आफ्नो चिनी भण्डार रित्तिन नदिन अन्तरराष्ट्रिय र आन्तरिक टेन्डरबाट १० हजार टन चिनी किन्न खोजे पनि भारतको प्रतिबन्धले खरीद प्रक्रिया प्रभावित हुने देखिएको प्रवक्ता कुमार राजभण्डारीले बताए । यसले नेपालमा चिनी अभाव हुने र मूल्य बढ्न सक्ने उनको भनाइ छ ।
बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँ छ । भारतको प्रतिबन्धपछि ठूला व्यापारीले कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्न सक्ने खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर बताउँछन् । खाद्यसंकट सृजना हुन सक्ने अवस्था देखिएकाले मौज्दातमा रहेका खाद्यवस्तुको संयमित प्रयोग तथा उचित व्यवस्थापनमा सरकार र सबै सरोकारवाला लाग्नुपर्ने उनको सुझाव छ । रूस–युक्रेन तनावले खाद्यान्न संकट आउन सक्ने भन्दै भारत, मलेशिया, इन्डोनेशिया, सर्बिया, कजाकस्तानलगायत मुलुकले खाद्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् ।
भारत सरकारको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार निर्देशनालयले मंगलवार एक सूचना जारी गरी यही जेठ १८ देखि कात्तिक १४ गतेसम्म चिनी निकासीमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ । अहिले चिनीको सिजन अफ भएकाले स्वदेशमै अभाव हुन सक्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । यसअघि भारतले स्वदेशमा उत्पादन घटेको भन्दै गत वैशाख ३० गतेदेखि गहँु निकासीमा प्रतिबन्ध लगाएको थियो ।
भारतले केही दिनअघि मात्रै फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा पनि कर बढाएको छ । चिनी निर्यातमा प्रतिबन्धसम्बन्धी सूचनामा तोकिएको प्रक्रियाअनुसार एक्ससीएल र टीआरक्यू कोटाअन्तर्गत यूरोप र अमेरिका निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने उल्लेख छ ।
जेठ ११, नयाँदिल्ली(भारत) । भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ ।
भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै केही महीना निर्यातमा रोक लगाएको हो ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ अर्थात् चार महीनाका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा अस्थाई रोक लगाउने निर्णय गरेको इकोनोमिक टाइम्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।
भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो । भारतबाट बंगलादेश, इन्डोनेशिया, मलेशियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ । भारतको यो निर्णयले नेपाललाई पनि प्रत्यक्ष असर पर्ने देखिएको छ ।
नेपालको स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन । नेपालको आन्तरिक उत्पादनले चिनीको घरेलु माग धान्न पुग्दैन । नेपाल भारतलगायत अन्य मुलुकमा चिनीमा परनिर्भर रहेको छ ।
पछिल्लो समय विभिन्न देशहरुले खाद्यान्न निर्यातमा रोक लगाउँदै गएका छन् । रूस र युक्रेनबीचको द्वन्द्वले अन्तरराष्ट्रिय बजार महँगो बनाइदिएको छ। अहिले अन्तरराष्ट्रिय बजारमा खाने तेलका साथै मकै, गहुँ जस्ता खाद्यान्नको मूल्य बढ्ने क्रम जारी छ।
भारतले रोक लगाएपछि अन्तरराष्ट्रिय बजारमा गहुँको भाउ बढेको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा गहुँको भाउ उकालो लागेको हो ।
भारतले लगाएको प्रतिबन्ध अस्थायी भएको र यसमा पुनवलोकन हुन सक्ने बताइएको भएपनि अप्रत्याशित रुपमा निर्यात बन्द गर्ने भारत सरकारको निर्णयले विश्वभर खाद्य संकट झनै बढ्ने भय चुलिएको छ ।
त्यसमाथि विश्वभर मलखादको अभाव र कम उब्जनीका कारण पनि माग अनुरुपको आपूर्ति हुन नसक्दा विश्वभर गहुँ मात्र नभइ अन्य अन्नको भाउ मँहगिएको छ । गरिब देशहरुमा सामाजिक अशान्ति र भोकमरी नै उत्पन्न हुने हो कि भन्ने भय बढेको छ ।
भारतले उत्पादन घटेको र खाद्य असुरक्षा बढेको हो भन्दै शनिवार मात्र गहुँको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । एजेन्सीहरु