भारतले चिनी निकासी रोक्यो : नेपालमा महँगी र अभाव चर्किने

काठमाडौं । केही दिनअघि गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले चिनी निर्यातमा पनि रोक लगाएको छ । भारतको यो कदमसँगै आन्तरिक उत्पादनले नपुग्ने नेपालमा चिनीको मूल्य वृद्धि र अभाव चर्किने देखिएको छ । वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने नेपालमा आन्तरिक उत्पादन १ लाख ४० हजार मेट्रिक टन हाराहारी मात्रै छ । बाँकी माग आयात गरेर धान्ने गरिएको छ । विश्वव्यापी खाद्यसंकटको अवस्था आउन सक्ने अनुमानबीच भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको हो । ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी निर्यात गर्ने मुलुक भारत हो । नेपालको आन्तरिक उत्पादनले घरेलु माग धान्न नसक्ने भएकाले भारत, पाकिस्तानलगायत मुलुकबाट आयातित चिनीले धानिरहेको छ । पाकिस्तानले यसअघि नै चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेकाले भारतको पछिल्लो निर्णयले नेपालमा चिनीको अभाव र महँगी बढ्ने सरोकारवाला बताउँछन् । नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनाली भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा ठूलो असर गर्ने बताउँछन् । उनका अनुसार नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन हाराहारी चिनीको माग छ । स्वदेशमा यो वर्ष १ लाख ४० हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । भारतको प्रतिबन्धले निकट भविष्यमै नेपाली बजारमा चिनी अभाव हुने उनले बताए । भन्सार विभागको ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारतबाट ८९ हजार मेट्रिक टन चिनी आयात भएको छ । सरकारी अनुदानको चिनी आयात र विक्री–वितरण गर्दै आएको संस्था साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३२ टनमात्रै मौज्दात छ । उक्त मौज्दात सकिन नदिन साल्ट ट्रेडिङले खुद्रा रूपमा मात्रै चिनी बेच्ने गरेको छ । ५० हजार मेट्रिक टन चिनी किन्न सरकारसँग अनुमति मागेको डेढ वर्ष पुग्न लागे पनि त्यसमा बेवास्ता भइरहेको साल्ट ट्रेडिङका अधिकारी बताउँछन् । पछिल्लो समय साल्ट ट्रेडिङले आफ्नो चिनी भण्डार रित्तिन नदिन अन्तरराष्ट्रिय र आन्तरिक टेन्डरबाट १० हजार टन चिनी किन्न खोजे पनि भारतको प्रतिबन्धले खरीद प्रक्रिया प्रभावित हुने देखिएको प्रवक्ता कुमार राजभण्डारीले बताए । यसले नेपालमा चिनी अभाव हुने र मूल्य बढ्न सक्ने उनको भनाइ छ । बजारमा अहिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँ छ । भारतको प्रतिबन्धपछि ठूला व्यापारीले कृत्रिम अभाव सृजना गरी कालाबजारी गर्न सक्ने खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधर बताउँछन् । खाद्यसंकट सृजना हुन सक्ने अवस्था देखिएकाले मौज्दातमा रहेका खाद्यवस्तुको संयमित प्रयोग तथा उचित व्यवस्थापनमा सरकार र सबै सरोकारवाला लाग्नुपर्ने उनको सुझाव छ । रूस–युक्रेन तनावले खाद्यान्न संकट आउन सक्ने भन्दै भारत, मलेशिया, इन्डोनेशिया, सर्बिया, कजाकस्तानलगायत मुलुकले खाद्य वस्तुको निर्यातमा प्रतिबन्ध लगाएका छन् । भारत सरकारको वाणिज्य एवम् उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार निर्देशनालयले मंगलवार एक सूचना जारी गरी यही जेठ १८ देखि कात्तिक १४ गतेसम्म चिनी निकासीमा रोक लगाउने निर्णय भएको जानकारी दिएको छ । अहिले चिनीको सिजन अफ भएकाले स्वदेशमै अभाव हुन सक्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । यसअघि भारतले स्वदेशमा उत्पादन घटेको भन्दै गत वैशाख ३० गतेदेखि गहँु निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले केही दिनअघि मात्रै फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा पनि कर बढाएको छ । चिनी निर्यातमा प्रतिबन्धसम्बन्धी सूचनामा तोकिएको प्रक्रियाअनुसार एक्ससीएल र टीआरक्यू कोटाअन्तर्गत यूरोप र अमेरिका निर्यात हुने चिनीमा प्रतिबन्ध लागू नहुने उल्लेख छ ।

सम्बन्धित सामग्री

उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा

काठमाडौँ उपत्यकाको महँगी घटेको छ। सबैभन्दा बढी महँगी पहाडमा भएको जनाइएको छ।

महँगी घटाऊ

यो वर्षको बजेट र मौद्रिक नीतिमा ६.५ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने सरकारको लक्ष्यविपरीत चौतर्फी महँगी बढेको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै महँगीले सर्वसाधारणको ढाड सेकिरहेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत छ । गत साउनमा समग्र महँगी ७.५२ प्रतिशत पुगेको थियो । राष्ट्र […]

महँगी घटाऊ

नेपाल राष्ट्र बैंकले मुलुकभरका उपभोक्तामाझ गरेको मूल्यवृद्धि अपेक्षा सर्वेक्षणले आगामी दिनमा महँगी झनै बढ्ने देखाएको छ । चालू आर्थिक वर्षमा महँगीबाट पिल्सिएका सर्वसाधारणले आगामी वर्ष पनि कुनै राहत नपाउने देखिएको छ । हुन त यो सर्वसाधारणमाझ गरिएको अनुमानित सर्वेक्षण हो । कुनै वैज्ञानिक तथ्य वा आधारमा गरिएको होइन । तैपनि सर्वसाधारणले आगामी वर्ष पनि महँगी […]

दैनिक बढ्दै महँगी, नियन्त्रणमा छैन चासो

कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र रुस–युक्रेन युद्धलाई देखाएर दैनिक उपभोग्य वस्तुमा दैनिकजसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशतभन्दा बढी महँगी पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकसम्म […]

दैनिक बढ्दै महँगी, नियन्त्रणमा छैन चासो

काठमाडौं । कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रुस युक्रने युद्धलाई देखाएर दैनिक उपयोग्य वस्तुमा दैनिक जसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशत भन्दा बढी महँगी पुगेको […]

अहिलेको महँगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । ‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमूल्यन हुनु र त्यसको प्रभाव

आगामी महिना महँगी अझ बढ्ने

काठमाडौं, फागुन ५ । केन्द्रीय बैंकको अध्ययनले आगामी महिनामा महँगी अझ बढ्ने देखाएको छ । बजारमा महँगी बढेका कारण अनुभव गरिने महँगी तथा राष्ट्र बैंकको प्रत्येक महिना आउने तथ्यांकमा फरक परेको उपभोक्ताको गुनासो थियो । तर, राष्ट्र बैंकको मुद्रास्फीति अपेक्षा सर्वेक्षणको नतिजाले पनि आउने तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुमान गरेको […]

महँगी अझै बढ्न सक्ने !

सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् । मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले महँगी बढ्दै जाने बताएका हुन् । राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको सर्वसाधारणको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेमा सहभागीमध्ये ९७ दशमलव १ प्रतिशतले मूल्यवृद्धिदर बढ्ने बताएका छन् । उनीहरूले आगामी १ वर्षमा औसत मूल्यवृद्धिदर ११ दशमलव ४ प्रतिशत पुग्ने बताएका छन् । यसअघि २०७७ माघमा गरिएको सर्वेक्षणमा औसत मूल्यवृद्धिदर १...

उफ ! महँगी

काठमाडौं । उफ ! महँगी’ । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’ अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ । फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् । ‘महिनामा १०÷१५ हजार […] The post उफ ! महँगी appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसकारण महँगी झन् बढ्ने

यसैपनि महँगी बढिरहेको बेला बाढीपहिरोको प्रकोपले मूल्यवृद्धिमा थप असर पर्ने देखिएको खबर कारोबार दैनिकमा छापिएको छ  । अर्थविद् डा डिल्लीराज खनाल भन्छन्, ‘अहिले पेट्रोलियम पर्दाको मूल्य बढ्दा यातायातदेखि खाद्यान्नको मूल्य वृद्धि भइरहेको छ । यस्तो अवस्थामा बाढी पहिरोको प्रकोपले ढुवानीमा असर गर्दा महँगी झनै बढ्ने देखिएको छ ।