निर्माणाधीन बुटवल–नारायणगढ सडक विस्तारको कामले गति लिँदैछ । तिहार अघिसम्म सडक निर्माणको काम शून्यप्रायः थियो ।
साना–ठूला पुल, कल्भर्ट, नाली निर्माणदेखि सडक चौडा गर्ने काम अहिले धमाधम भइरहेको छ । भत्किएको २ लेनको सडकलाई ‘सिक्स’ र ‘फोर’ लेनमा विस्तारसहित स्तरोन्नति गरिँदैछ ।
पूर्वपश्चिम राजमार्गको मध्य खण्डमा पर्ने महत्त्वपूर्ण सडक विस्तार आयोजना कोरोना महामारी तथा ‘साइट क्लीयर’ र रूख कटानमा ढिलाइ हुँदा अगाडि बढ्न सकेको थिएन । कोरोनाको तेस्रो लहर तीव्र रूपमा फैलिए पनि अ...