काठमाडौं बसन्तपुरकी रामवती महर्जन छेउछाउका औषधि पसलमा सिटामोल नपाएपछि टेकुस्थित प्रकाश फर्मामा पुगिन्। तर, त्यहाँ पनि उनले पाइएन्। भनिन्, ‘यताकै ठूलो फार्मेसी हो यो। अन्त नपाएका औषधि पनि पाइन्थ्यो।’फार्मेसी सञ्चालक प्रकाश देवकोटाका अनुसार दैनिक धेरै ग्राहकलाई खाली हात फर्काउनुपर्छ। ‘ओमिक्रोनको दर ह्वात्तै बढेपछि सिटामोलको माग निकै छ। १–२ प्याकेट ल्याएर बाँड्ने गरेका छौं’, उनले भने, ‘पछिल्लो एक महिनादेखि नै सिटामोल सटेज छ। होलसेलले पठाउँदै पठाउन्न।’