कैलालीमा राजमार्ग अवरुद्ध पारेपछि तनाव, प्रहरीमाथि ढुंगामुढा ३९ राउण्ड अश्रुग्यास प्रहार

धनगढी ।  कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। बुधबार जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन्। बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले प्रहरीले बल प्रयोग गरेर खुलाउन ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। यस्तै प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग […]

सम्बन्धित सामग्री

कैलालीमा तनाव : स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा, ३९ राउण्ड अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा

लम्कीमा प्रदर्शनकारीले फेरि बन्द गराए यातायात

हत्या आरोपीमाथि कारवाहीको माग गर्दै कैलालीको लम्कीमा अवरुद्ध  पूर्व–पश्चिम राजमार्ग बुधबार दिउँसो केहीबेर खुले पनि फेरि अवरुद्ध गरिएको छ । भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाहीको माग गर्दै मृतकका आफन्तजनले राजमार्ग अवरुद्ध गरेका हुन् । पीडित पक्षले हत्यामा संलग्न सबैलाई पक्राउ नगरिएको भन्दै राजमार्ग अवरुद्ध गरेका छन् ।आन्दोलनलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि मृतकका आफन्त भेला भएर यातायात सञ्चालनमा अवरो

पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ।अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग दिउँसो केहीबेर खुलेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह

राप्ती नगरपालिकामा २४ घण्टे निषेधाज्ञा

असार २२, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले सुजिता भण्डारी मृत्यु प्रकरणका कारण आन्दोलनले  उग्ररुप लिएपछि राप्ती नगरपालिकामा निषेधाज्ञा लगाएको छ  ।  मंगलवार साँझ साढे ७ बजेदेखि बुधवार बेलुका साढे सात बजेसम्म निषधाज्ञा लागू गरिएको हो ।जिल्ला प्रशासन कार्यालय, चितवनले सुजिता प्रकरणमा प्रर्दशनकारीले राजमार्ग अवरोध गरी सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको र स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा हस्ताक्षरित आदेशमा पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन् ।  लामो दुरीका यातायात बाहेक कुनै आगमन गर्न नपाइने आदेशमा उल्लेख छ  । आदेशमा यदि निषेधाज्ञालाई बेवास्त गरी त्यस्ता क्रियाकलाप गरेमा सुरक्षाकर्मीले गिरफ्तार गरी एक महीनासम्म कैद हुने उल्लेख छ ।  प्रहरीले सुजिता हराएको बिषयमा सक्रियता नदेखाएको  र घटनाको सत्यतथ्य माग गर्दै दिनभर जसो प्रर्दशनकारीले विरोध गर्दै आएका छन् । प्रर्दशनकारीले टायर बालेर राजमार्ग अवरुद्ध पारेको र  सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेका थिए । स्थानीय र प्रहरीको झडपमा केहि प्रहरीहरु पनि घाइते भएका छन  ।