कैलालीमा तनाव : स्थानीयले गरे प्रहरीमाथि ढुंगामुढा, ३९ राउण्ड अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा

सम्बन्धित सामग्री

श्रीलंकाको राष्ट्रपति भवनमा प्रदर्शनकारी प्रवेश, कोलम्बोमा तनाव

श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ। आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हावामा फायर समेत गरेको थियो ।यसैबीच, प

बञ्चरेडाँडामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ - काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने क्रममा बञ्चरेडाँडा क्षेत्रमा तनाव उत्पन्न भएको छ । उपत्यकाको फोहोर फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ । स्थानीयले अवरोध गरेपछि केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीको भनाइ छ ।  स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा...

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याँक्न नदिँदा तनाव, प्रहरीले अश्रुग्यास हान्यो

काठमाडौँ-  बञ्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ। बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन्। स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास […]

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

मोरङको रंगेलीमा बढी मत भेटिएपछि तनाव भएको छ । खसेको भन्दा १०८ मत बढी भेटिएपछि दलहरूको प्रदर्शन र नाराबाजी गर्दा स्थिति तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रण अश्रुग्यास प्रहार गरेको छ । बढी मत भेटिएपछि एमाले बाहेकका दलहरुले प्रदर्शन गरेका हुन् । मत गणनाका क्रममा रंगेली नगरपालिकाको वडा नम्बर ७ मा बढी मत भेटिएको हो ।

ट्रकले ठक्कर दिँदा महिलाकाे ज्यान गएपछि कैलालीकाे लम्की बजारमा तनाव

कैलाली – ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएपछि कैलालीको लम्कीमा तनाव सृजना भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चौराहमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाकाे ज्यान गएपछि तनाव सृजना भएको हो । प्रदर्शनकारीले ठक्कर दिने ट्रकमा आगाे लगाएका छन् । अहिले स्थानीयवासीले राजमार्गमा प्रदर्शन गर्न थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले केही थान अश्रुग्यास प्रहार गरेको छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्युपछि पाँचथर जिल्ला अस्पतालमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

तीन वर्षीय बालिका कृष्टिना थाम्सुहाङको उपचारका क्रममा मृत्यु हुँदा स्थानीयले पाँचथर जिल्ला अस्पताल तोडफोड गरेपछि भीड नियन्त्रण गर्न लाठीचार्ज र अश्रुग्यास हान्नु परेको पाँचथरका डीएसपी दानबहादुर थापाले बताए ।

गाउँपालिका केन्द्र सार्न खोजेपछि सर्लाहीमा तनाव, १३ सेल अश्रुग्यास प्रहार

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ।गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि तनाव सिर्जना भएको हो।चन्द्रनगरको वडा नं. ६ र ७ का स्थानीय बासिन्दासँगै नेपाली कांग्रेस र नेकपाका नेता कार्यकर्ताले नाढीमनमै गाउँपालिका केन्द्र रहनुपर्ने भन्दै आज गाउँपालिका कार्यालयमा तालाबन्दी गरेर नाराबाजी गरेका छन्।वडा नं. ७ का स्थानीय दीपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२६ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए […]