धनुषामा प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप, ११ राउन्ड गोली र १६ राउन्ड अश्रुग्यास प्रहार

सीके राउत नेतृत्वको जनमत पार्टीले सञ्चालन गरेको किसान आन्दोलनका क्रममा धनुषामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ८ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, वैजनाथ यादव, संजय साहलगायत प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव