काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत सेवाग्राहीले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमालेख नवीकरण गर्न सकिने भएको छ । सेवाग्राहीले पे एपमार्फत इन्स्योरेन्सको पे प्रिमियममा गई ‘आइएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी बीमालेख नवीकरण गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ग्राहकलाई भौतिक रूपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले सेवा उपलब्ध गराइएको कम्पनीले बताएको छ ।