काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
यस बर्ष सहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउन ...