अझै फर्जी मत !

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिएसँगै मताधिकार हस्तक्षेप/दुरुपयोग गर्दै फर्जी मत खसाएका समाचार प्रकाशमा आइरहेका छन् । मतदान केन्द्रमा उपस्थित नभएको, मृत्यु भइसकेको व्यक्तिका नाममा समेत मत हालेको पाइएको छ ।

सम्बन्धित सामग्री

बुथ कब्जा गरी फर्जी मत खसाएको बाजुरामा मतगणना अनिश्चित

बाजुरा । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो । निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी […]

स्याङ्जा २ मा फर्जी मत खसालेको एमालेको आरोप,अन्योलमा  मतगणना

स्याङ्जा :  स्याङ्जा २  चापाकोट नगरपालिकाका विभिन्न बुथमा फर्जी मत खसालेको भन्दै  मतगणना अन्योलमा परेको छ। नेकपा एमालेका  केन्द्रीय  सचिव तथा उमेद्धवार  पद्मा अर्यालले फर्जि मत परेको भन्दै  पुनः मतदान गर्न  माग गरेकी छन्। आइतबार भएको निर्वाचनको मतगणना आउन सकेको छैन। कहिले मतगणना हुन्छ भन्ने यकिन हुन सकेको छैन।

फर्जी मत हालेको भन्दै रोल्पाको एउटा केन्द्रमा विवाद

रोल्पा – फर्जी मत हालेको भन्दै रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङको वडा भवनमा रहेको एउटा मतदान केन्द्रमा विवाद भएकाे छ । वडा भवनमा रहेका दुई वटा केन्द्रमध्ये ‘ख’ केन्द्रमा बसाइँसराइ गरी गएका एक जनाले मतदान गरेपछि उस्तै खालका मतदाताले ‘क’ केन्द्रमा मतदानमा रोक लगाएपछि विवावद भएको हो । अहिले यस केन्द्रमा नाराबाजी भइरहेको छ ।  सर्वदलीय बैठकले ‘ख’ केन्द्रमा जस्तै बसाइँ सरेका तीन जनालाई पनि ‘क’ केन्द्रमा मतदान गर्न दिने सहमति गरे पनि मतदान अधिकृत मोतिम आल...

सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ

सर्लाहीको दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। जिल्ला प्रहरी...

फर्जी मत भेटिएको भन्दै रम्भा गाउँपालिकामा पुन मतदानको माग

१ जेठ, काठमाडौं । फर्जी मत भेटिएको भन्दै विभिन्न दलहरुले पाल्पाको रम्भा गाउँपालिकामा पुनः मतदानको माग गरेका छन् । रम्भा गाउँपालिकाका एकीकृत समाजवादी, नेपाली कांग्रेस, माओवादी केन्द्र र मंगोल नसनल अर्गनाइजेसनले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया र मतगणना अस्वीकार गरेका छन् । रम्भा गाउँपालिका वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी […]

धनगढीमा फर्जी मतबारेको विवाद मिल्यो, ११ बजेदेखि मतगणना गर्ने सहमति

३१ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकामा फर्जी मत हालिएको भन्दै भएको विवाद मिलेको छ । विवाद मिलेसँगै बिहान ११ बजेदेखि मतगणना गर्ने सहमति जुटेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमदत्त भट्टले सर्वदलीय बैठकमा ११ बजेदेखि मतगणना गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा मतगणना हुनेछ । […]

फर्जी मतदान गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाममा अर्काको नाममा फर्जी मत हालिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।