विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर, ११ महिनाको आयात खर्च धान्न पुग्ने

नेपाल राष्ट्र बैंकले मुलुकको ढुकुटीमा ११ महिनाको आयात खर्च धान्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७÷७८ को आर्थिक रिर्पोट सार्वजनिक गरेको बैंकले हाल नेपाल सरकारसँग ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी मुद्राको सञ्चिति रहेको जनाउदै यसले ११ महिनाको वस्तु तथा सेवा आयातको खर्च धान्न सक्ने बताएको हो । आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात

सम्बन्धित सामग्री

विदेशी मुद्रा सञ्चिति बढ्दै, ८ महिनाभन्दा धेरैलाई वस्तु आयात गर्न पुग्ने

काठमाण्डाै – नेपालमा विदेशी मुद्राकाे सञ्चिति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आज बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म नेपालमा नौ अर्ब ४८ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । भदौदेखि असोजको बीचमा नेपालमा विदेशी मुद्राको सञ्चिति १३ करोड अमेरिकी डलरले बढेको हो । याे गएकाे वर्षको तीन महिनाको चुलनामा यो झन्डै साढे चार प्रतिशतले धेरै हो ।  यो रकमले नेपालमा आठ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले ज...

विदेशी मुद्राको सञ्चिति ९ अर्ब ३५ करोड डलर कायम, ७.७ महिनाको आयात धान्न पुग्ने

नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म राज्यको ढुकुटीमा ९ अर्ब ३५ करोड अमेरिकी डलर सञ्चितिमा रहेको छ । यस्तो सञ्चिति नेपाली रुपैयाँमा ११ खर्ब ८९ अर्ब १६ करोड रहेको र यसले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा सम्म यस्तो विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । असार मसान्तको तुलनामा भदौमा कुल विदेशी मुद्राको सञ्चितिमा २.२ प्रतिशतले कमी आएको हो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये ने

बाह्य क्षेत्र र महँगी दबाबमै

चालू आर्थिक वर्षको पहिलो महिनामा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ४२ करोड अमेरिकी डलर पुगेको छ । यो असारको तुलनामा १.२ प्रतिशत (१० करोड डलर) कम हो । अहिले विदेशी मुद्रा सञ्चितिले ९.४...

एक वर्षमा १९ प्रतिशतले घट्यो विदेशी मुद्राको सञ्चिति

एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति १९.६ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष २०७८ को असार महिनायता साढे १९ प्रतिशतले विदेशी मुद्राको सञ्चिति खुम्चिएको हो । गत वर्ष २०७८ असारमा नेपालमा ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर सञ्चित थियो । त्यसयताको ११ महिनाको अवधिमा १९.६ प्रतिशत घटेर ९ अर्ब ४५ करोड अमेरिकी डलरमा आइपुगेको छ ।यसैगरी यस अवधिमा नेपाली मुद्रामा डलरको सञ्चिति १५.९ प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिले नेपालमा विदेशी मुद

दश महिनामा विदेशी मुद्राको सञ्चिति २१.१ प्रतिशतले ओरालो लाग्यो

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति मात्रै नौ अर्ब २८ करोड अमेरिकी डलर बराबर कायम भएको छ ।

विदेशी मुद्राको सञ्चिति : आवश्यकता, प्रभाव र अवस्था

आजभन्दा ठीक २ वर्षअगाडि एक अमेरिकी डलरका लागि स्वदेशी मुद्राको १८५ रुपैयाँ र १ वर्षअगाडि १९५ रुपैयाँ खर्च गर्नुपर्ने श्रीलंका आज त्यति नै डलरका लागि २६० रुपैयाँ खर्चनुपर्ने अवस्थामा पुगेको छ । आफूसँग भएको विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि आयात निरुत्साहित गर्न र निर्यात तथा विप्रेषणलाई प्रोत्साहित गर्न त्यहाँको केन्द्रीय बैंकसँग भएका सीमित उपायमध्ये आफ्नो मुद्राको अवमूल्यन अप्रिय नै भए पनि बाध्यकारी थियो । जब कुनै पनि देशसँग विदेशी मुद्राको सञ्चिति रित्तिँदै जान्छ, उसले आफ्नो अत्यावश्यकीय आयातका लागि अन्य आयात घटाउनु नै पर्छ । आयात घटाउने सजिलो उपाय भनेको त्यसलाई महँगो बनाउनु नै हो र आयातलाई महँगो बनाउने प्रभावकारी उपकरणका रूपमा मुद्राको अवमूल्यनलाई प्रायःजसो केन्द्रीय बैंकहरूले अवलम्बन गर्दै आएका छन् । नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकले यसको पर्याप्त मौज्दातविना आफूलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थलगायत अन्य अत्यावश्यक खाद्य तथा अन्य वस्तु तथा सेवाको आयात गर्न सक्दैन । नेपालमा पनि गत साताको तुलनामा नेपाली मुद्राको मूल्य अमेरिकी डलरसँग तुलना गर्ने हो भने प्रतिडलर ३ रुपैयाँ जतिले अवमूल्यन भएको छ । घट्दो विदेशी मुद्राको सञ्चिति अवस्थाले नेपालको केन्द्रीय बैंकले समेत केही महीना अघिदेखि विदेशी मुद्राको खर्चलाई नियन्त्रण गर्ने विभिन्न प्रकारका उपकरण अवलम्बन गर्दै अएको छ । कतिपय वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्नेदेखि लिएर विप्रेषणमार्फत भित्रिएको रकममा बढी ब्याज प्रदान गर्नुपर्नेसम्मका उपाय विदेशी मुद्राको सञ्चितिमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नै गरिएका थिए र त्यही क्रममा अहिले नेपाली रुपैयाँको अवमूल्यनसमेत भएको छ । तर, समस्या यथावत् नै रहने हो भने अहिले भएको रुपैयाँको अवमूल्यन अन्तिम नभई प्रारम्भ विन्दु मात्र हुन सक्ने विश्लेषकहरू बताउँछन् । यिनै अवस्थाको आलोकमा विदेशी मुद्राको सञ्चितिका विविध आयामका बारेमा संक्षेपमा यो आलेखमा चर्चा गर्न खोजिएको छ । विदेशी मुद्राको सञ्चिति भनेको के हो ? अन्तरराष्ट्रिय मुद्राकोषका अनुसार विदेशी मुद्राको सञ्चिति भन्नाले कुनै पनि देशको मौद्रिक अधिकारी (केन्द्रीय बैंक) को नियन्त्रणमा रही र आवश्यक परेका बेलामा सजिलै उपयोग गर्न सक्ने गरी उपलब्ध हुने अन्तरराष्ट्रिय वा बाह्य सञ्चिति वा सम्पत्तिलाई बुझिन्छ । अहिले विशेष गरी अधिकांश मुलुकले अन्तरराष्ट्रिय रूपमा व्यापार व्यवसाय गर्न सहज होस् भनेर यस्तो सञ्चितिलाई अमेरिकी डलरमा कायम गर्ने गरेका छन् । उपयोगिता र आवश्यकता कुनै पनि देशको आर्थिक समृद्धिको एक सशक्त सूचकका रूपमा विदेशी मुद्राको सञ्चिति रहेको छ । अझ नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकले यसको पर्याप्त मौज्दातविना आफूलाई आवश्यक पर्ने पेट्रोलियम पदार्थलगायत अन्य अत्यावश्यक खाद्य तथा अन्य वस्तु तथा सेवाको आयात गर्न सक्दैन । त्यति मात्र होइन, विदेशमा अध्ययन गर्नेहरूका लागि शुल्क भुक्तानी गर्नेदेखि लिएर कुनै पनि नागरिक विदेश भ्रमणमा जाँदा आवश्यक पर्ने रकमसम्मका लागि कुनै पनि देशसँग भएको सञ्चित विदेशी मुद्रा नै खर्च गर्नुपर्ने हुन्छ । विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न पनि सबै देशलाई विदेशी मुद्रा नै आवश्यक पर्छ । त्यसैले पनि यदि विदेशी मुद्राको सञ्चिति न्यून मात्रामा छ भने अर्थतन्त्र खस्किएको अवस्थामा सुधारात्मक उपायहरू अवलम्बन गर्न कुनै पनि देशको केन्द्रीय बैंकलाई सजिलो हुँदैन । माथि नै भनिएझैं विदेशी मुद्रा सञ्चितिको परिमाणले स्वदेशी मुद्राको विनिमय दरलाई समेत प्रभावित गरेको हुन्छ । यदि विदेशी मुद्राको सञ्चिति कम हुँदै गयो भने स्वदेशी मुद्रा अवमूल्यन गर्न/हुन अनिवार्यजस्तै हुन्छ । जब स्वदेशी मुद्राको अवमूल्यन हुन्छ, त्यसले स्वाभाविक रूपमा आयातित वस्तुको मूल्यवृद्धि हुनुका साथै अनाश्यक आयातलाई निरुत्साहित पनि गर्ने हुन्छ । त्यसको ठीक विपरीत निर्यात भने प्रोत्साहित हुन सक्छ । तर, नेपालजस्तो देशले आफ्नो निर्यात क्षमता नबढाई मुद्रा अवमूल्यन गरेर मात्र विदेशी मुद्राको सञ्चिति बढाउन सक्दैन । निर्यात बढाएर मात्र होइन, स्वदेशी पर्यटनजस्ता उद्योगहरूलाई प्रवद्र्धन गरेर समेत विदेशी मुद्राको सञ्चितिलाई बढाउन सकिन्छ । त्यस अतिरिक्त विदेशमा भएका नेपालीले औपचारिक रूपमा विप्रेषणका माध्यमबाट रकम पठाएर पनि विदेशी मुद्राको सञ्चितिलाई सकारात्मक रूपले योगदान गर्न सक्छन् । तर, यी सबै विषयमा कामदारका रूपमा खाडी मुलुकहरूमा काम गर्नेहरूले पठाएको रकमबाहेक नेपालको धरातलीय अवस्था कमजोर नै छ ।   कतिपय अवस्थामा देशमा मुद्राको मूल्य स्थिर राख्नसमेत विदेशी मुद्राको सञ्चितिलाई उपयोग गर्ने गरिन्छ । विदेशी मुद्रा खरीद तथा विक्री गरेर यस्तो विनिमय दरलाई स्थिर राख्न केन्द्रीय बैंकहरूले प्रयास गरेका कतिपय उदाहरण पाइन्छन् । यदि विदेशी मुद्राको सञ्चिति कम हुँदै गयो भने स्वदेशी मुद्रा अवमूल्यन गर्न/हुन अनिवार्यजस्तै हुन्छ । नेपालको अवस्था अहिले नेपालको विदेशी मुद्राको सञ्चिति अवस्था कस्तो छ भनेर सापेक्ष रूपमा बुझ्न सबैभन्दा धेरै र सबैभन्दा थोरै सञ्चिति रहेका मुलुकहरूको अवस्थाबाट केही आकलन गर्न सकिन्छ । विश्वमा सबैभन्दा कम विदेशी मुद्रा सञ्चित रहेका मुलुकहरूमा ‘साओटोमे एन्ड प्रिन्सिपे’ एक नम्बरमा रहेको छ । मध्यअफ्रिकामा एक टापुको रूपमा रहेको यो मुलुकसँग गत महीनासम्म करीब ४ करोड ७० लाख अमेरिकी डलर बराबर मात्र विदेशी मुद्राको सञ्चिति रहेको बताइन्छ । यो देश जनसंख्याको दृष्टिले नेपालभन्दा करीब १३२ गुणा र क्षेत्रफलको हिसाबले करीब १४७ गुणा सानो रहेको छ । माघ महीनासम्मको करीब पौने १० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चितिका आधारमा नेपाल यो देशभन्दा २०७ गुणा ठूलो देखिन्छ । २८ करोड मात्र जीडीपी रहेको यो मुलुकको विदेशी मुद्राको सञ्चिति जीडीपीको करीब १७ प्रतिशत रहेको देखिन्छ जुन श्रीलंकामा २ प्रतिशत र नेपालको हकमा अहिले करीब २७ प्रतिशत रहेको छ । अब सबैभन्दा बढी विदेशी मुद्राको सञ्चिति रहेको मुलुक चीनको अवस्था हेरौं । चीनसँग अहिले करीब ३४ खर्ब अमेरिकी डलर बराबर विदेशी मुद्राको सञ्चिति रहेको देखिन्छ । हङकङसँग रहेको अतिरिक्त करीब पौने ५ खर्ब डलर बराबरको सञ्चिति पनि जोड्ने हो भने त यो रकम झन् ठूलो हुन आउँछ । करीब १८५ खर्ब डलर जीडीपी भएको चीनमा त्यसको करीब १८ प्रतिशत विदेशी मुद्राको सञ्चिति रहेको देखिन्छ । यो प्रतिशत गतवर्ष करीब ९ को हाराहारीमा मात्र रहेको थियो । अमेरिकासँग भएको डलर सञ्चिति चाहिँ केवल २ खर्ब ५० अर्बको हाराहारीमा रहेको छ, जुन उसको जीडीपी २४० खर्ब डलरको करीब १प्रतिशत हुन आउँछ । (स्रोत : विकिपिडिया डट ओरजी) माथिको तुलनाबाट नेपालको विदेशी मुद्राको सञ्चितिको अहिलेको अवस्था सन्तोषजनक नै देखिए पनि यो सञ्चिति बढ्नेभन्दा घट्ने क्रम तीव्र भएको परिप्रेक्ष्यमा भने सम्बद्ध निकायहरूले समयमै सावधानी पूर्वक सुधारात्मक उपायहरू अवलम्बन गर्नु वाञ्छनीय देखिन्छ । लेखक बैंकर हुन् ।

अमेरिकी डलर अभाव चुलियो

मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा बजारमा नगद अमेरिकी डलरको अभाव पनि बढ्न थालेको छ । नगद डलर अभाव भएकै कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई टेलिफोन नै गरेर प्रतिव्यक्ति २ सय ५० अमेरिकी डलर मात्र सटही सुविधा दिन मौखिक निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन भन्दै बैंक तथा वित्तीय संस्थाले सकेसम्म कम मात्र नगद र बाँकी कार्डमार्फत अमेरिकी डलरको सटही सुविधा दिँदै आएका छन् ।

विदेशी मुद्राबाट हुने आमदानी घट्यो

चालू आर्थिक वर्षमा विदेशी मुद्रा लगानीबाट नेपालले प्राप्त गर्ने प्रतिफल घटेको छ । विदेशी मुद्राको सञ्चिति घटेकाले पनि प्रतिफल घटेको हो । चालू आर्थिक वर्षको दश महिनामा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा गरेको लगानीबाट रू. २ अर्ब खुद प्रतिफल प्राप्त गरेको छ । ‘विदेशी मुद्रा सञ्चिति सामान्य अवस्थामा रहेको समयमा यस्तो प्रतिफल रू. ३ अर्बभन्दा बढी हुने गरेको थियो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो । हाल राष्ट्र बैंकसँग रू. ३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा र रू. २४ करोड भारतीय रुपैयाँ सञ्चिति रहेको छ । बैंकसँग भएको विदेशी मुद्राको सञ्चितिका आधारमा प्राप्त प्रतिफल एक प्रतिशत भन्दा पनि कम रहेको छ । यस वर्ष विदेशी मुद्राको सञ्चिति घट्नुको मुख्य कारण अत्यधिक मात्रमा सुनको आयात हुनु भएको बैंकको दाबी छ । राष्ट्र बैंकले अमेरिकी डिलर, पाउन्ड स्टर्लिङ, युरो, अस्ट्रेलियन डलर तथा सुनमा समेत विदेशी मुद्राको सञ्चिति गर्ने गर्छ । बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको आधिकारिक मुद्राको रूपमा चिनिने स्पेशल ड्रोइङ राइटलाई पनि आफ्नो विदेशी सम्पत्तिको रूपमा राख्ने गर्छ । उसले विभिन्न हङकङ सांघाइ बैंकिङ कर्पोरेसन, स्टान्डर्ड चार्टर्ड, बैंक अफ इङ्ल्यान्ड, फेडरल रिजर्भजस्ता अन्तर्राष्ट्रिय बैंकहरूमा विदशी मुद्रा राख्ने गर्छ । अंक ४५, २०६७, असार २८– साउन २

दक्षिण एशियामा कसरी नयाँ बाघ बनेर उदाउँदै छ बंगलादेश

बंगलादेशभन्दा पाकिस्तान पाँच गुणा ठूलो छ तर उसँग बंगलादेशको तुलनामा विदेशी मुद्राको सञ्चिति करिब पाँच गुणा थोरै छ। पाकिस्तानसँग जम्मा ८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ। जबकि बंगलादेशसँग करिब ३५ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा छ। त्यसैगरी बंगलादेशको आर्थिक वृद्धिदर नै करिब ८ प्रतिशत छ।