विदेशी मुद्राबाट हुने आमदानी घट्यो

चालू आर्थिक वर्षमा विदेशी मुद्रा लगानीबाट नेपालले प्राप्त गर्ने प्रतिफल घटेको छ । विदेशी मुद्राको सञ्चिति घटेकाले पनि प्रतिफल घटेको हो । चालू आर्थिक वर्षको दश महिनामा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा गरेको लगानीबाट रू. २ अर्ब खुद प्रतिफल प्राप्त गरेको छ । ‘विदेशी मुद्रा सञ्चिति सामान्य अवस्थामा रहेको समयमा यस्तो प्रतिफल रू. ३ अर्बभन्दा बढी हुने गरेको थियो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो । हाल राष्ट्र बैंकसँग रू. ३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा र रू. २४ करोड भारतीय रुपैयाँ सञ्चिति रहेको छ । बैंकसँग भएको विदेशी मुद्राको सञ्चितिका आधारमा प्राप्त प्रतिफल एक प्रतिशत भन्दा पनि कम रहेको छ । यस वर्ष विदेशी मुद्राको सञ्चिति घट्नुको मुख्य कारण अत्यधिक मात्रमा सुनको आयात हुनु भएको बैंकको दाबी छ । राष्ट्र बैंकले अमेरिकी डिलर, पाउन्ड स्टर्लिङ, युरो, अस्ट्रेलियन डलर तथा सुनमा समेत विदेशी मुद्राको सञ्चिति गर्ने गर्छ । बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको आधिकारिक मुद्राको रूपमा चिनिने स्पेशल ड्रोइङ राइटलाई पनि आफ्नो विदेशी सम्पत्तिको रूपमा राख्ने गर्छ । उसले विभिन्न हङकङ सांघाइ बैंकिङ कर्पोरेसन, स्टान्डर्ड चार्टर्ड, बैंक अफ इङ्ल्यान्ड, फेडरल रिजर्भजस्ता अन्तर्राष्ट्रिय बैंकहरूमा विदशी मुद्रा राख्ने गर्छ । अंक ४५, २०६७, असार २८– साउन २

सम्बन्धित सामग्री

भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

भारतको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ। सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पत्ति २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ बिलियन डलर बढेर ६१८.९३७ बिलियन डलर पुगेको थियो ।सन् २०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा करिब ५८ अर्ब डल

साउनमा विदेशी मुद्रा सञ्चिति १.५ प्रतिशतले घट्यो

३० भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामै विदेशी विनिमय सञ्चिति घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासमा सुधारोन्मुख देखिएको विदेशी विनिमय सञ्चिति चालु आवको पहिलो महिनामै १.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी […]

विदेशी मुद्राको सञ्चिति १.५ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नै विदेशी मुद्राको सञ्चितिमा १.५ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउन महिनामा १.५ प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । यस्तो सञ्चिति २०७९ असार मसान्तसम्म १२ खर्ब १५ ८० करोड रुपैयाँ रहेको थियो । पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक संकेतसँगै सरकारले आयातमा केही लचकता अपनाएपछि पुनः विदेशी मुद्राको सञ्चितिमा प्रभाव परेको देखिन्छ । थप, दसैं

विदेशी मुद्राको सञ्चिति झन् घट्यो

२७ जेठ, काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात […]

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा ४६ प्रतिशतले घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष …

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ। आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ।...

विदेशी पर्यटक : असाध्यै घट्यो, यो वर्ष

नेपाली पर्यटनको इतिहासमा यो वर्ष धेरै संख्यामा विदेशी पर्यटक घटेका छन् । त्यसको कारण भनेको सन् २०१९ को अन्त्यतिर चीनबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) महामारी पैmलावट रहेको थियो । किनभने, सन् २०१९ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ९७ हजार पुगेको थियो भने सोही संख्यालाई आधार मानेर सरकारले सन् […]

विदेशी मुद्राको सञ्चिति घट्यो

मुलुकको विदेशी मुद्राको सञ्चिति घटेर १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर सञ्चितिमा रहेको विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ११.० प्रतिशतले घट्दै १२ खर्ब ४४ अर्ब ८५ करोडमा झरेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्द

विदेशी विनिमयको सञ्चिति घट्यो, नेपालसँग अब  १३ खर्ब ९० अर्ब विदेशी विनिमय

विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर बैशाख मसान्तसम्म .१३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितीको मासिक प्रतिवेदनले विदेशी विनिमय सञ्चिति घटेको देखाएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति बैशाख