मुलुकमा विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा बजारमा नगद अमेरिकी डलरको अभाव पनि बढ्न थालेको छ । नगद डलर अभाव भएकै कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई टेलिफोन नै गरेर प्रतिव्यक्ति २ सय ५० अमेरिकी डलर मात्र सटही सुविधा दिन मौखिक निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन भन्दै बैंक तथा वित्तीय संस्थाले सकेसम्म कम मात्र नगद र बाँकी कार्डमार्फत अमेरिकी डलरको सटही सुविधा दिँदै आएका छन् ।