कार्कीका अनुसार आजभोलि सिनासको नाममा एउटा मन्त्रीसँग भेट पाउन पनि गाह्रो स्थिति छ । जबकि पहिला सिनासको पहुँच नेपालमा मात्र नभएर दिल्लीको राजीव गान्धी, पाकिस्तानको राष्ट्रपति कार्यालयसम्म थियो ।
कुनै बेला तामिनका किसानले साढे २ करोडसम्मको सुन्तला बिक्री गर्ने तामिनले यसपटक ३० लाख रुपैयाँ पनि नपर्ने तामिन कृषि सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका सुन्तला कृषक रामप्रसाद बोहोराले बताए।
संभवत नेपाली फुटबल अहिले जस्तो समस्यामा सायदै थियो। निरन्तर राष्ट्रिय टोलीका फुटबलरको विदेश पलायन अनि आन्तरिक शक्तिसंघर्षको चपेटामा फुटबलको नियमनकारी निकाय एन्फा। अर्कोतर्फ नियमित फुटबल गतिविधि कमजोर बन्दा दर्शकको चासो घट्दो। यही मेसोमा नेपाली फुटबलको सर्वाधिक चासो राखिएको फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) हुँदैछ। त्यसैले फुटबलको बहस यो पटक मैदानभित्र हुन लागेको हो। मैदान […]
धरानको आर्थिक गतिविधिलाई नयाँ ढंगले चलायमान बनाउने उद्देश्यले बिहीबारदेखि १० दिने ‘धरान एक्स्पो’ हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुने धरान एक्स्पोमा स्वदेशी रैथाने उत्पादनदेखि विदेशी सामाग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । धरान एक्स्पोका संयोजक गोपाल श्रेष्ठले तयारी पूरा भएको जानकारी दिए । धरानको पुरानो व्यापारिक साख फर्काउन एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।
विराटनगरलाई विगतमा जुन औद्योगिक नगरीका रूपमा देशभर चिनिन्थ्यो, त्यसलाई जीवन्त राख्नुपर्छ । विराटनगर औद्योगिक र राजनीतिक नगरीका रूपमा परिचित छ । विराटनगरबाटै नेपालको औद्योगिक क्रान्ति सुरु भएको हो । वि.सं. १९९३ मा विराटनगर जुट मिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्तिको सुरुवात भएको मान्न सकिन्छ । त्यसपछि मिल्स एरिया क्षेत्रमा दर्जनौं उद्योग स्थापना भए । […]
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रदेश १ को राजधानी विराटनगरको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विराटनगरलाई राजनीतिक‚ औद्योगिक एवं शैक्षिक हबका रुपमा चिनिने भन्दै यहाँको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।
१७ वैशाख, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीलाई पछाडि पार्दै नागेश कोइराला विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बने । डा. शेखर कोइराला निकट भएकै कारण ४८ वर्षीय कोइरालाले टिकट पाएको धेरैको दाबी छ । त्यसमा असहमत कोइराला भन्छन्, ‘मैले पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएको हुँ […]
सीमानजिकै नेटो आए रुसको सुरक्षा खतरा बढ्ने पुटिनको चिन्ता छ । अझ उनको आत्मविश्वास के छ भने युक्रेन कब्जामा सफल भए सोभियत संघको साख फर्काउन झनै सहज हुनेछ । रुस-युक्रेन युद्धमा पुटिनका आठ सारथि छन् । पुटिनले उनीहरूसँग राय सुझाव लिने गर्छन् ।
माओवादी आन्दोलनको औचित्य सकिएको निष्कर्ष निकाल्दै नयाँ खालको राजनीतिक पार्टी (नयाँ शक्ति) बनाउन भन्दै डा. बाबुराम भट्टराईले कार्यकर्तालाई ‘बिरयानी’ खुवाएर सम्मेलन गरेकै स्थानमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । राजनीतिक प्रतिवेदन, दस्तावेजभन्दा पनि माओवादी सम्मेलनको व्यवस्थापकीय पक्षको विषयमा अहिले बढी चर्चा भइरहेको छ । सहभागीले गाँस र बासको व्यवस्था आफैँ गर्नुपर्ने, कार्यक्रम स्थलमा प्रतिनिधिलाई खाजा मात्र उपलब्ध गराउने जस्ता कुरा पनि रुचिकर सुनिएका छन् ।
उद्घाटन समारोहमा जनप्रदर्शन नगर्ने, अन्य दलका न...
आफ्नो गुमेको साख फर्काउन भन्दै नेपाली कांग्रेसमा अहिले ‘अभियानै–अभियान’ घोषणा भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंका दुई ठाउँमा आयोजित कार्यक्रममा छुट्टाछुट्टै अभियानको घोषणा भएको हो ।
कुनै समय मुलुककै चर्चित व्यापारिक सहरका रूपमा परिचित झापाको धुलाबारी बजारमा ‘धुलाबारी बिजनेस पार्क’ बन्ने भएको छ । मेचीनगर नगरपालिकामा पर्ने धुलाबारी बजारको पुरानो साख फर्काउन ६५ करोड रुपैयाँको लगानीमा पार्क निर्माण सुरु गरिएको हो । व्यापारिक उद्देश्यका साथ