माओवादी आन्दोलनको औचित्य सकिएको निष्कर्ष निकाल्दै नयाँ खालको राजनीतिक पार्टी (नयाँ शक्ति) बनाउन भन्दै डा. बाबुराम भट्टराईले कार्यकर्तालाई ‘बिरयानी’ खुवाएर सम्मेलन गरेकै स्थानमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । राजनीतिक प्रतिवेदन, दस्तावेजभन्दा पनि माओवादी सम्मेलनको व्यवस्थापकीय पक्षको विषयमा अहिले बढी चर्चा भइरहेको छ । सहभागीले गाँस र बासको व्यवस्था आफैँ गर्नुपर्ने, कार्यक्रम स्थलमा प्रतिनिधिलाई खाजा मात्र उपलब्ध गराउने जस्ता कुरा पनि रुचिकर सुनिएका छन् ।
उद्घाटन समारोहमा जनप्रदर्शन नगर्ने, अन्य दलका न...