विराटनगरलाई विगतमा जुन औद्योगिक नगरीका रूपमा देशभर चिनिन्थ्यो, त्यसलाई जीवन्त राख्नुपर्छ । विराटनगर औद्योगिक र राजनीतिक नगरीका रूपमा परिचित छ । विराटनगरबाटै नेपालको औद्योगिक क्रान्ति सुरु भएको हो । वि.सं. १९९३ मा विराटनगर जुट मिल स्थापना भएसँगै नेपालमा आधुनिक औद्योगिक क्रान्तिको सुरुवात भएको मान्न सकिन्छ । त्यसपछि मिल्स एरिया क्षेत्रमा दर्जनौं उद्योग स्थापना भए । […]