मनिष बने एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली

२६ पुस, काठमाडौं । नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् । मनिषले मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स प्राप्त  गरेका हुन् । मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् । उनी हाल  कलिंगा सुपर कपका लागि […]

सम्बन्धित सामग्री

एएफसी च्याम्पियन्स लिग खेल्न नेमार भारत आउने

ब्राजिलियन खेलाडी नेमार एएफसी च्याम्पियन्स लिग खेल्न भारत आउने भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह विभाजन गरेको हो । नेमार अहिले साउदी प्रो...

मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप …

मछिन्द्रको एएफसी कप छनोटको ड्र भोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा रहेको मछिन्द्र क्लबले एसियाली फुटबलको क्लब प्रतियोगिता एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दैछ । एएफसी कप छनोटको ड्र सोमबार हुँदैछ । लिगको सातौं चरणको समाप्तिमा शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनीधित्व गर्ने प्रावधान रहेकोमा मछिन्द्रले सो अवसर प्राप्त गरेको थियो । लिगमा […]

मछिन्द्र एएफसी कप खेल्ने पक्का

काठमाडौं । मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको छ । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो । मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]

मछिन्द्र एएफसी कपमा छनाेट

१८ पुस, काठमाडौं । गत सिजन लिग जितेर पनि एएफसी कप छनाेट खेल्न नपाएकाे मछिन्द्र फुटबल क्लब यसै वर्ष हुने एएफसी कप क्वालिफायरका लागि छनाेट भएकाे छ । जारी ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे साताै चरणकाे खेलमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एएफसी कपमा छानिएकाे हाे ।  साताैं चरणपछि शीर्ष स्थानमा रहने […]

एएफसी अवार्ड रद्द

काठमाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।  कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । काेराेना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।

एएफसी महिला एसिया कपको ‘ड्र’ सार्वजनिक

काठमाडौ । एसियन फुटबल संघ (एएफसी)ले एएफसी महिला एसिया कप छनोटको ‘ड्र’सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको ‘ड्र’अनुसार नेपाल समूह ‘एफ’मा छ। यससमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ परेका छन्। छनोटका खेलहरु नेपालमै गराउने एन्फाको तयारी छ।छनोटका लागि एसियाका २८देशलाई आठ समूहमा विभाजन गरिएको छ। समूह विजेता टोली आउँदो जनवरी२०देखि फरवरी६सम्म भारतमा सञ्चालन हुने हुने एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

नेपाल एएफसी कपको तेस्रो चरणमा

काठमाडौं। एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार नयाँ ढाँचा सार्वजनिक गरेसँगै नेपालले चीनमा आयोजना हुने एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा स्थान बनाएको छ। एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो। विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो।एएफसी तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ।

एएफसी कप छनोटमा आर्मीले श्रीलंका पुलिससंग खेल्ने

१४ माघ, काठमाडौं । नेपालको त्रिभुवन आर्मी क्लबले एएफसी कप २०२१ को छनोट अन्तर्गत दक्षिण एसियाली प्लेअफको पहिलो चरणमा श्रीलंका पुलिससंग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार सार्वजनिक गरेको एएफसी कपको खेल तालिकाअनुसार आर्मीले दक्षिण एसियाली प्लेअफ खेल्नुपर्ने भएको छ । यो प्लेअफको विजेता बन्ने टोली एएफसी कपको मख्य ड्र को समूह […]