काठमाडौं । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो । आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललित