पाल्पाको रामपुर नगरपालिका–६, तातोपानीस्थित नगर गौशालामा बुधबार गोवर्द्धन पूजा गरिएको छ । गौशालामा स्थापना गरिएको गोवर्द्धन पर्वतमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, वुद्धिजीवी, सर्वसाधारण, श्रद्धालुले पूजा गरेका हुन् । सोही अवसरमा गौशालामा रहेका गाई, गोरुलाई पूजा गरिएको हो ।