नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

बनेपा – काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो। सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि […]

सम्बन्धित सामग्री

कृषि सामग्री हस्तान्तरण

भोजपुर : पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्माका स्थानीय कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ। कृषकहरूलाई प्रविधिमैत्री कृषिमा जोड्न सामग्री वितरण गरिएको हो।यहाँका कृषकलाई चारवटा मिनिटिलर, इलेक्ट्रिक स्प्रे ३१ वटा, मल्चिङ प्लाष्टिक ४७ थान, प्लाष्टिक पोखरी १४ थान, १५ वटा प्लाष्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष दक्षकुमार राईले जानकारी दिए।‘कृषकलाई आवश्यक कृषि सामग्री वितरण गरेका छौँ’, वडाध्यक्ष राईले भने, ‘गाउँपालिकाको नीतिअनुसार कृषिको विकास गर्दै यहाँका

सुन्दरहरैंचा नगरपालिकाका कृषकलाई कृषि सामग्री हस्तान्तरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रू. १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको वडा नं ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए । उनले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे । नगरपालिकाको रू. ५ लाख ४० हजार तथा किसानको रू. ५ लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैंचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिए । तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए । तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमीनमा तरकारी खेती गरिरहेका छन् । -रासस

नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण

काठमाडौँ – काभ्रेकाे नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो । सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई […]

स्याङ्जामा व्यवसायिक पुष्प खेती गर्ने कृषकलाई कृषि सामाग्री हस्तान्तरण

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा व्यवसायिक पुष्प खेती सुरू गर्न चाहने कृषकहरूलाई अत्यावश्यक कृषि सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिका र युएनडिपिको सहयोगमा संचालित हरित पुनरूत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना अन्तर्गत ३१ जना कृषकलाई कृषि सामग्री हस्तान्तरण गरिएको हो। कृषकहरूलाई कुटो, कोदालो, फोरूवा, टनेल, स्प्रेयर, नर्सरी ट्रे र दाँते लगायतका सामग्री र ७ थरी […]

१ सय २८ कृषकलाई कृषि उपकरण

कपिलवस्तु । कृषकलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने ध्येयले बुद्धभूमि नगरपालिकाले कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजिक एक कार्यक्रमबीच एक सय २८ जना कृषकलाई विभिन्न किसिमका कृषि सामग्री हस्तान्तरण गरिएको हो । लागत सहभागितामा उनीहरूलाई नगरपालिकाको कृषि शाखामार्फत मिनी टिलर, पम्पसेट, इलेक्ट्रिक मोटर उपलब्ध गराइएको हो । नगरपालिकाले ५० […] The post १ सय २८ कृषकलाई कृषि उपकरण appeared first on राजधानी राष्ट्रिय दैनिक.

कृषकलाई व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण

अर्घाखाँची, ३० चैत । सन्धिखर्क नगरपालिका–१० मा व्यावसायिक कृषकलाई कृषि सामग्री तथा औजार वितरण गरिएको छ । कृषकलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउन कृषि सामग्री तथा औजार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । तरकारी पकेट कार्यक्रमअन्तर्गत सन्धिखर्क–१० का व्यावसायिक कृषकलाई मिनीटिलर, प्लास्टिक टनेल, पावरस्प्रे, हजारीलगायत औजार उपकरण तथा कृषि सामग्री ५० प्रतिशत […]

वालिङका कृषकलाई कृषि सामग्री

स्याङ्जाको वालिङ नगरपालिकाका कृषक तथा उद्यमीलाई कृषि सामग्री वितरण गरिएको छ ।कृषकको माग र आवश्यकताका आधारमा कृषिऔजार वितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा स्थानीय दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भएको ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत कृषकलाई कृषिऔजार वितरण गरिएको हो ।कृषिऔजार वितरण गर्दै वालिङ नगर […]