नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नफेर्ने हो भने चुनाव लड्नै नसक्ने अवस्था आउने बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको सम्मेलनलाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्नको लागि करोडौं खर्च गर्नुपर्ने अवस्था आएकाले त्यसलाई बदल्नुपर्ने बताए ।
सम्बोधनमा उनले भने, ‘लाखौं जनतालाई सडकमा ल्याएर भए पनि यो निर्वाचन प्रणाली खारेज गराएर पूर्ण समानुपातिक प्रणालीको व्यवस्था गर्नुपर्छ । पुँजीपतिहरू मात्रै चुनाव लड्न सक्ने जनताका प्रतिनिधि चुनाव लड्न नसक्ने यो प्रणाली ...