चिन्ता थरीथरीकाः उम्मेदवारलाई भोटको, जनतालाई भोकको

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा चुनावलाई बेवास्ता गर्दै बिहान बेलुकीको छाक टार्ने जोहो गर्न निस्कने श्रमजीवीहरूको संख्या ठूलो छ । उनीहरूलाई भोटको भन्दा भोकको चिन्ता छ । यस्तै जमात भेटिन्छन्, लुम्बिनी प्रदेशको मुकाम बुटवलमा

सम्बन्धित सामग्री

उम्मेदवार लाउँछन् विकासका नारा, जनतालाई महंगी र बेरोजगारीको चिन्ता

चुनावी रन्को ह्वात्तै बढेको छ। उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन्। कामको चटारोले जनतालाई चुनावी गफ सुन्न फुर्सद छैन। तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि सर्वसाधारण जनता व्यस्तताका बाबजुद उनीहरुको कुरा सुन्न बाध्य छन्।...

प्रचण्डकाे चिन्ता- हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन्। उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई पर्दै गएको उल्लेख […]

जनतालाई अनाजको चिन्ता, नेतालाई केवल भोटको

धनुषाको उत्तरपश्चिमी गाउँपालिका बटेश्वरको मध्यमा छ, विषहारा मन्दिर । त्यही मन्दिरको छहारीमा बिहीबार अपराह्न १०/१२ जना वृद्ध सुस्ताइरहेका थिए । गम्छा हम्किँदै उनीहरू मन्दिरको भित्तामा अढेस लागेर पल्टिएका थिए । चुनावभन्दा उनीहरूलाई अनाजकै चिन्ता थियो । खेतमा नीलगाई र बँदेल तथा घरमा बाँदरको आतंकले बटेश्वरवासी आजित छन् ।

तालिबान सत्तामा आएपछि बुद्धको भिक्षापात्रका विषयमा चिन्ता

अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार गठन गरेपछि भारतको बिहारका पुरातत्त्ववेत्ता तथा अनुसन्धाताहरूले काबुल संग्रहालयमा रहेको बुद्धको भनिएको भिक्षापात्रको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरेका छन् ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेप्टेम्बर ३ मा एक पत्र लेखेर अनुसन्धाता रञ्जित कुमारले भिक्षापात्र फिर्ता ल्याउनका लागि पहल गर्न आग्रह गरेका छन् । उनी वैशालीका दिवंगत सांसद रघुवंशप्रसाद सिंहका सहयोगी हुन् । बुद्धले भिक्षा माग्ने गरेको पात्र काबुल संग्रहालयमा रहेको विश्वास गरिन्छ । बुद्धले उक्त भिक्षापात्र वैशालीका जनतालाई दि...

प्रदेश २ मा जनतालाई खोप लगाउन प्रेरित गर्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेट वार्ता भएको छ। मंगलबार सिंहदरबार स्थित गृह मन्त्रालयमा भेटको क्रममा मन्त्री खाँणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको बताएका थिए।हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरू उपलब्ध भएता पनि प्रयोग नभएकोमा पनि खाँणले चिन्ता व्यक्त गरेका थिए । प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीसँग खाँणको आग्रह थियो। साथै सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र

...नत्र एमसीसी खारेज गरौँः राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवल शम्शेर राणाले एमसीसी सहयोग बिना पनि नेपाल अगाडि बढ्न सक्ने बताएका छन् । 'जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो', नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले भने ।‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ ?’ उनले ट्वीट गर्दै भने ।‘यदि नेपालीको लागि सहयोग हो भने बु

कोरोना भेरियन्टभन्दा राजनीतिको चिन्ता

कोरोना संक्रमितको पहिचान गर्न दु्रत गतिमा परीक्षण कार्य बढाउने र संक्रमित पत्ता लगाएर उपचार गर्न सकेमा कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । वर्तमान सन्दर्भमा राजनीतिक दलहरू जनतालाई कोरोना महामारीबाट बचाउनुभन्दा पनि राजनीतिको खेलमा बढी जुटेको पाइन्छ, जसलाई नेपालका राजनीतिज्ञहरूको ठूलो भूलका रूपमा लिनुपर्छ । कोभिड–१९ ले आक्रान्त विश्व मानव समुदाय पछिल्लो समयमा आएर यसका विभिन्न […]

‘जनतालाई ज्यानको पिर‚ नेतालाई कुर्सीको’

हेटौंडा : बिहीबार हेटौंडामा राष्ट्रियसभाको उपनिर्वाचन भइरहँदा स्थानीय ६० वर्षीय रामदेव महतो भरै के खाने भन्ने पिरमा थिए। निर्वाचन केन्द्रबाट करिब ५० मिटरको दूरीमा रहेको घरबाहिर भुइँमा टुसुक्क बसेर सोचिरहेका थिए।बारा घर भएका उनी लामो समयदेखि हेटौंडालाई कर्मथलो बनाएर बसिरहेका छन्। निर्माण क्षेत्रमा ज्याला मजदुरी गरेर परिवार पालिरहेका उनलाई अहिले आफू एक्लैको ज्यान पनि कसरी पाल्ने भन्ने चिन्ता छ। कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासनले दुई साताअघि देखि निषेधाज्ञा लगाएको छ। जसकारण दैनिक

चिन्ता गरौं, सुखी बनौं

पहिले सबैले भन्थे, ‘चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ ।’ उहिलेका कुरा खुइले । अहिले त चिन्ता गरौं, सुखी बनौं भन्ने जमात पो फैलँदो छ । मलाई लाग्थ्यो जताततै व्याप्त बेरोजगारी, अभाव, महँगी, भ्रष्टाचारले गर्दा अहिले नेपालीहरू चारैतिर चिन्ताले घेरिएका होलान् । त्यसमा पनि कोरोनाको दोस्रो लहरको कहरले चिन्ताको भारी थपेको होला । तर त्यसो होइन रहेछ । वास्तवमा नेपालीहरू सुखी रहेछन् । चिन्ता गरेपछि सबै लफडाबाट मुक्ति पाइने रहेछ । त्यै भएर त केही महीनाअघि के जाति अन्तरराष्ट्रिय संस्थाले नेपाललाई विश्वकै धेरै खुशी देशहरूको सूचीमा पारेको रहेछ । चिन्ता गर्नुको एउटा प्रमुख फाइदा त शारीरिक गतिविधि गरिरहने झञ्झटै पर्दैन । हरेक दिन कम्तीमा एक घण्टा ‘चिन्ता थेरापी’ गर्ने हो भने पनि यो मर्निङ वाक, इभिनिङ वाकमा जाने, जिमखाना जाने, योगास्योगा गर्ने झञ्झट गरिरहनै पर्दैन । जसले कुनै कुराको अभाव वा बाधा झेल्नुपर्दैन, उनीहरू पनि चिन्तित देख्ता अचम्म लाग्थ्यो । धनीहरू, तस्करहरू, ठूला पदमा पुगेकाहरू, ठूला नेता, सरकारमा बसेकाहरू सबै चिन्तित । किन होला त भनेर बुझ्दै जाँदा यस्तो तथ्य फेला पर्‍यो । नेताहरूलाई देश र जनताको विषयमा निकै चिन्ता लाग्दो रहेछ । उनीहरू देश विकासका विषयमा, पशु अधिकारदेखि वातावरण विनाशका विषयमा चिन्तित, धार्मिक सद्भावका लागि चिन्तित, कुनै खास धर्मको विकास भएको वा नभएकोमा चिन्तित हुँदा रैछन् । त्यै भएर उनीहरू जहाँ पुगे पनि हरेक विषयमा, भाषणमा होस् या प्रेस विज्ञप्तिमा, गम्भीर चिन्ता व्यक्त गर्दा रहेछन् । यसो गरेर उनीहरू जनतालाई सुखी बनाउन पो लागेका रछन् । हाम्ले नबुझेर पो नेतालाई गाली गर्‍या रैछम् । प्रत्येक पदधारी, बर्दीधारी पनि जनताका सेवाका काममा चिन्तित हुँदा रहेछन् । जस्तै, प्रहरी प्रशासनलाई जहिले पनि ठूल्ठूला अपराधी, तस्कर कसरी पक्रने भनेर चिन्ता । कतिपय उद्योगी व्यापारीहरूलाई उपभोक्तालाई गुणस्तरीय सामान र सेवा उपलब्ध गराउनुपर्ने चिन्ता, बुद्धिजीवीहरूलाई श्रमजीवी र गफजीवीहरूको चिन्ता । त्यसैले हरेक पत्रपत्रिकाका लेखमा बुद्धिजीवीहरूको चिन्ता छताछुल्ल पोखिएको हुन्छ । चिन्ता गरेमा देशको र आफ्नै पनि खुशी बढ्ने रहस्य उनीहरूले पत्ता लगाइसकेका रहेछन् । चिन्ता गर्ने बानीले ठूला मान्छेलाई मात्र होइन, सामान्य मनुवालाई पनि थुप्रै फाइदा हुँदो रहेछ । एउटा प्रमुख फाइदा त शारीरिक गतिविधि गरिरहने झञ्झटै पर्दैन । हरेक दिन कम्तीमा एक घण्टा ‘चिन्ता थेरापी’ गर्ने हो भने पनि यो मर्निङ वाक, इभिनिङ वाकमा जाने, जिमखाना जाने, योगास्योगा गर्ने झञ्झट गरिरहनै पर्दैन । जसलाई आफ्नो स्वास्थ्यको अलिकति मात्र पनि चिन्ता छ भने आफ्नो दैनिकीमा एक घण्टा चिन्ता गर्ने काम शुरू गर्नु उपयुक्त हुन्छ भन्छन् चिन्तायोगीहरू । जब मानिसले चिन्ता गर्न शुरू गर्छ, तब पहिलो फाइदा त उसको वजन घट्न शुरू गर्छ । उसले जे जे खाए पनि शरीर नियन्त्रणमा रहन्छ । चिन्ताको सच्चा प्रभाव शरीरमा तब पर्छ, जब चिन्तित हुने मान्छेमा ‘चिन्ता थेरापी’प्रति सच्चा श्रद्धा र विश्वास हुन्छ । अर्थात् चिन्तामा पनि इमानदारी आवश्यक पर्छ । चिन्ता शुद्ध हुनुपर्छ, २४ क्यारेट सुनजस्तै । चिन्ता गर्नु भनेको स्वास्थ्यकै दृष्टिकोणले पनि एकदमै आवश्यक कुरा हो । यदि हाम्ले ठीकसँग चिन्ता गर्न सिक्यौं भने सम्झनोस् कि स्वस्थ भइयो । पुरानो जमानामा जति पनि महान् व्यक्तिहरू भए, जति दीर्घ जीवन बाँचे, ती सबै चिन्ता गर्ने बानीकै कारण रहे । भगवान् रामलाई नै हेर्नोस् न । पहिला उनी राज्य गुमेको कारणले चिन्तित बने । पछि सीता अपहरणका कारण । फेरि धोबीले गर्दा आफ्नो बदनामीका कारण । फेरि आफ्ना छोराहरूद्वारा आफ्नो सेनाका पराजयका कारण । पछि फेरि सीताको धर्ती प्रवेशका कारण । यी तमाम कुराका कारण उनी चिन्तित भइरहे र कालान्तरमा मर्यादा पुरुषोत्तम कहलिए र आज पनि पूजित भइरहेका छन् । कृष्णदेखि क्राइस्टसम्म, माक्र्सदेखि महन्तसम्म सबै चिन्ताकै पछि लागेका हुन् । श्रीकृष्ण पहिले १६ सय गोपीनीका साथ चिन्तित हुन्थे । पछि १६ हजार रानीका । यस्तै चिन्ता गर्दा गर्दै उनी पछि १६ कलायुक्त सम्पूर्ण अवतार मानिए । कविरदासले त झन् दुःख र चिन्ताकै कविता लेखिरहे र दुब्ला पातला रहेर सय वर्षभन्दा बढी बाँचे । हाम्रै प्रधानमन्त्रीलाई हेर्नुस् न । सबैले समर्थन गर्दा चिन्ता थिएन, स्वास्थ्य पनि ठीक थिएन । सत्ताको किचलोले चिन्ता थपिएपछि सबै रोगलाई जितेर सबै विपक्षीलाई अहिलेसम्म परास्त गर्न सक्षम हुनुहुन्छ । हेर्नुस् त, मानिसको सरदर आयु बढेको छ । किनकि उनीहरू अचेल सधैं चिन्तित रहन्छन् नि त ! एउटै मान्छेको पीसीआर टेष्ट गर्दा सरकारी रिपोर्टले कोरोना नेगेटिभ छ भन्छ । तर तुरुन्तै निजी अस्पतालले पोजेटिभ रिपोर्ट दिन्छ । अनि बढ्दैन त चिन्ता ? दुनियाँ जटिल बन्दो छ । र मानिसका चिन्ता पनि जटिल र कुटिल बन्दै छ । कतिपयले आफ्नो व्यक्तिगत चिन्ताको स्तरलाई उठाएर देशसम्म लैजान्छन् । देशको चिन्ता सकिएपछि पनि जसको चिन्ताको ‘स्टक’ खत्तम हुँदैन, उनीहरू आफ्ना चिन्ताको गलबन्दीलाई पूरा विश्वमै तन्काउँछन् । उनीहरूलाई बरु आफ्ना वरपर वा छिमेकमा के समस्या परेको छ मतलव हुन्न, तर अमेरिका, बेलायत वा भेनेजुयेलामा के हुनुपर्ने र के भइरहेछ भन्नेमा चिन्ता छ । अझ चन्द्र वा मंगल ग्रहसम्म उनीहरूको चिन्ताको तार पुगेको हुन्छ । किनकि यो उनीहरूले जताततैबाट सुखी हुने प्रयास गरिरहेको प्रमाण हो । चिन्ताका फाइदाका बारेमा भनिसाध्यै छैन । यदि तपाईंले अहिलेसम्म चिन्तित हुन सिक्नुभएको छैन भने बुझ्नोस कि तपाईंको वास्तविक जीवन शिक्षा अधुरो छ, अपुरो छ । त्यसैले सुख पाउन चाहनुहुन्छ भने अब उठ्नोस् र हरेक विषयमा गम्भीर चिन्ता गर्न शुरू गर्नोस् । नत्र अरूभन्दा पछि पर्नुहोला है !