सर्लाहीको चुरेभेगमा असिना पानी, घरका छानो उडायो र कृषि उपजमा व्यापक क्षति (फोटोफिचर)

सर्लाहीको उत्तरी चुरेभेगमा शुक्रवार मध्यान्ह हावाहुरीसहित ठूलो असिना पानी परेको छ ।जिल्लाको पत्थरकोट, नारायणखोला, परवानीपुर, कालिन्जोर लगायत चुरे आसपासका बस्तीहरुमा भीषण असिना पानी परेको हो । असिनाले त्यस क्षेत्रमा रहेका दर्जनौं खर, टाली तथा खपडाले छाएका घरको छानोमा क्षति पु¥याएको छ भने बालीनालीमा पनि व्यापाक क्षति गरेको स्थानीयवासिन्दाले बताएका छन् ।

सम्बन्धित सामग्री

तनहुँमा पनि असिना पानी

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १० छब्दी देउरालीस्थित छब्दी माविको परिसरमा परेको असिना । असिनाका कारण यस आसपासमा लगाइएको कृषि बालीमा क्षति पुगेको छ । तस्बीरः वासुदेव पौडेल÷रासस

यातायात सहज नहुँदा कृषकको करोडौंको लगानी संकटमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिबेला सुनसान छ । अघिल्ला वर्षहरूमा यो समय उनीहरूलाई कामको चटारो पर्ने गथ्र्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेँडा, सागजस्ता नगदेबाली लगाउन व्यस्त रहने कृषक अहिले हात बाँधेर बसिरहेका छन् । ‘५०० रोपनी जग्गामा फैलिएको हाम्रो फार्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं,’ हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने, ‘आलु खन्ने, साग, गोलभेँडा लगाउने काम हुन्थ्यो । यो वर्ष केही गरिएको छैन ।’ गत असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय ठप्पप्रायः छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अवरुद्ध भई यातायात सेवा सहज हुन नसकेकाले यो वर्ष फार्ममा बाली लगाउन नसकिएको लामाले बताए । बाढीपछि फार्ममा उत्पादन भएको तरकारी बेच्न नपाएको र कुहिएर गएको उनले बताए । बाढीअघिको वैशाखमा परेको असिनाले आधाभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले सुनाए । ‘शुरुआतमा हामीले २०० ओटा किवीका बिरुवा रोपेका थियौं’, उनले भने, ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पुर्‍यायो । अहिले ३०० हाराहारीमा मात्रै किवी होलान् ।’ केही प्रकोप नभए अर्काे वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुने आशा उनले गरेका छन् । शुरुआती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरू गरेका हुन् । उनीहरूले ५०० वर्गमीटरको ग्रीन हाउस र १८ ओटा टनेल बनाएर खेती गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको लाक्पाले बताए । ‘नयाँ माटो र मलको उचित प्रबन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना महामारी, असिना पानी, बाढी पहिरोले हामी पूरै घाटामा छौं ।’ उनीहरूले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेका थिए । नियमित रूपमा ६ जनालाई र आवश्यकता अनुसार ४०–५० जनालाई रोजगारी दिएका थिए । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि संलग्न गराउँदै आएका थिए । गाउँका युवा विदेशिने गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि सामूहिक खेती गरी आन्तरिक पर्यटक भित्त्याउने अभियानस्वरूप कृषि शुरू गरिएको उनीहरूको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अग्र्यानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरू हेलम्बु–मेलम्ची बाढीपछि के गर्ने/नगर्ने भन्ने दोधारमा छन् । ‘हामीले कृषिसँगै पर्यटकलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरू पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छैनौं,’ लामाले भने, ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरू गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरूको पुनर्निर्माण गरे करोडौं लगानी गरेका आफूहरू जस्ता किसानलाई राहत पुग्ने उनले बताए । स्थानीय सरकारले पनि केही गर्छौं भनेर कृषि क्षेत्रमा लागेका आफूहरू जस्ता कृषकलाई महत्त्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् प¥यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ ।

यातायात सहज नहुँदा हेलम्बुका कृषकको करोडौंको लगानी डुब्दै

फागुन १६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा ४ वर्ष अगाडी स्थानीय ५ जना युवा कृषक मिलेर ५०० रोपनी जग्गामा ७ करोड लगानी गरी सञ्चालन गरेको कृषि फार्म यतिखेर सुनसान छ । अघिल्लो वर्षहरुमा यो समय उनीहरुलाई कामको चटारो पर्ने गर्थ्यो । किवी रोप्ने, आलु खन्ने, गोलभेडा, सागजस्ता नगदेवाली रोप्न व्यस्त रहने कृषकहरु अहिले हात बाँधेर बसिरहेका छन् । ‘हाम्रो फर्मले किवी खेतीलाई प्राथमिकता दिएको थियो, परिस्थिति सहज भएको भए हामी अहिले किवी रोप्ने र त्यसको स्याहार सुसारमा व्यस्त हुन्थ्यौं’, हेलम्बु एग्रो फार्म एण्ड रिसर्च सेन्टरका सञ्चालक लाक्पा लामाले भने ‘आलु खन्ने, साग, गोलभेडा लगाउने काम हुन्थ्यो । यो वर्ष केहि गरिएको छैन ।’ गएको असार १ गते आएको बाढीले हेलम्बु–मेलम्ची क्षेत्रलाई तहसनहस बनाएपछि सो क्षेत्रको कृषि व्यवसाय प्रायः ठप्प छ । बाढीका कारण ककनीसम्म जोडिएको सडक अबरुद्ध भई यातायात सेवा सहज हुन नसकेको कारण यो वर्ष फर्ममा बाली लगाउन नसकिएको लामाले बताए । ‘बाटो छैन, फर्ममा उत्पादन भएको तरकारीहरु बेच्न सकिएन । गाउँमा कति पो बेच्नु । अघिल्लो पटक पूरै घाटा भयो ।  त्यहि भएर सडक सञ्जाल नजोडिएसम्म खेती नगर्ने विचार गरेका छौं,’ उनले भने । बाढीपछि फार्ममा उत्पादन भएको तरकारीहरु बेच्न नपाएको र फार्ममा नै कुहिएर गएको उनले बताए । ‘आलु, गोलभेडाहरु अलिअलि गाउँमै बेचियो, अरु त कुहिएर खेर गयो’, उनले भने ‘एकै पटक ठूलो मात्रामा घाटा भयो ।’ बाढी अघिको वैशाखमा परेको असिनाले आधिभन्दा बढी किवीका बिरुवा समेत नष्ट भएको उनले बताए । ‘सुरुवातमा हामीले २०० ओटा किवीका विरुवा रोपेका थियौं’, उनले भने ‘किवी राम्रो हुँदै गएपछि त्यसलाई बढायौं । तर वैशाखमा परेको असिनाले किवीको बिरुवालाई असर पु¥यायो । अहिले ३०० को हाराहारीमा मात्रै किवी होलान् ।’ केहि प्रकोप नभए अर्को वर्षदेखि किवीले पनि फल दिने र यातायात पनि सहज हुनेमा उनी आशावादी छन् । ‘अब केहि नभए अर्को साल किवीले पनि फल दिनेछ, यातायात पनि सहज होला’, उनले भने ‘त्यसपछि हामी पुनः फर्मलाई गति दिनेछौं । अहिले दुःख गर्‍यो, उत्पादन भएका तरकारी, फलफुल विक्री गर्न मुस्किल छ, खेरै फाल्न त किन दुःख गर्नु भनेर यसपाली केहि गरिएन ।’ दुःख गरी कमाएको रकम फार्ममा लगानी गरेको कारण त्यो पनि डुब्ला कि भन्ने उनीहरुलाई चिन्ता भएको लामाले बताए । सुरुवाती चरणमा लाक्पा र उनको समूहले करीब ५०० रोपनीमा खेती शुरु गरेका हुन् । ५०० वर्ग मीटरको ग्रीन हाउस र १८ ओटा टनेल निर्माण खेति गरेका थिए । अनुभवको कमीको पहिलो वर्ष भने खेतीबाट घाटा लागेको बताउँदै लाक्पा भन्छन् ‘नयाँ माटो र मलको उचित प्रवन्ध गर्न नसक्दा र नजान्दा पहिलो वर्ष लगानी पनि उठेन’, त्यसपछि कोरोना माहामारी, असिना पानी, बाढी पहिरोले हामी त पुरै घाटामा छौं ।’ उनीहरुले फार्ममा बालीनालीको रेखदेखका लागि एक जना जेटिए नै राखेको थिए । नियमितरुपमा ६ जनालाई र आवश्यकता अनुसार ४०/५० जनालाई रोजगारी पनि दिएका थिए । फार्ममा स्थानीय विद्यालयका विद्यार्थीलाई पनि समावेस गराउने गरेका थिए । ‘हामीले व्यवसायिक रुपमा कृषि खेती गर्न शुरु गरिसकेका थियौं’, लामाले भने ‘विद्यालयदेखि नै कृषिको व्यवहारिक अभ्यास होस् भनेर विद्यालयसँगको सहकार्यमा त्यहाँ अध्ययनरत विद्यार्थीलाई खेतीपातीमा सहभागि गराउँदै पनि आएका थियौं । तर अहिले फार्म नै शून्य छ ।’ गाउँका युवाहरु विदेशिन गरेको र कोरोना महामारीका कारण पर्यटकीय क्षेत्र हेलम्बु सुनसान हुन थालेपछि लाक्पा लगायतका युवा मिलेर सामूहिक रुपमा खेती गरी आन्तरिक पर्यटक भित्र्याउने अभियानका रुपमा कृषि शुरु गरिएको उनीहरुको भनाइ छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्न अर्गानिक कृषिसँगै रिसोर्ट समेत सञ्चालनको तयारीमा रहेका उनीहरु हेलम्बु–मेलम्ची बाढी पछि के गर्ने के नगर्ने भन्ने दोधारमा छन् । ‘हामीले कृषिसँगै पर्यटकहरुलाई आकर्षित गर्न रिसोर्ट पनि सञ्चालन गर्न लागेका थियौं । संरचनाहरु पनि बन्दै थिए, तर अहिले त्यो योजना पूरा गर्न पाएका छौनौं’, लामाले भने ‘मुख्यतः यातायात सहज भइदिए हामी पुनः यो काम शुरु गर्ने थियौं ।’ सरकारले बाढीले बिगारेको सडक तत्काल बनाइदिए र भत्किएका पुलहरुको पुनर्निर्माण गरे करोडौं लगानी गरेको  आफूहरु जस्ता किसानलाई केहि राहत पुग्ने उनले बताए । स्थानीय सरकारले पनि केहि गर्छौ भनेर कृषि क्षेत्रमा लागेका आफूहरु जस्ता कृषकलाई महत्व नदिएको उनको गुनासो छ । ‘यत्रो विपद् पर्‍यो, हामीले गरेको यत्रो लगानी डुब्ने खतरामा छ । यति हुँदा पनि स्थानीय सरकारले भने केहि चासो दिएको छैन ।  केहि राहतको कार्यक्रम ल्याएको छैन’, उनले भने । स्थानीय सरकारले कृषि उत्पादनहरुको बजारीकरणमा सहयोग पुर्‍याउने र तत्काल सडक समस्या जस्ता कृषकको समस्याहरुलाई समाधान गर्ने हो भने हेलम्बु क्षेत्र कृषिकै माध्यमबाट विस्तारै लयमा फर्कने उनले बताए ।

अलैंचीको उत्पादन घट्यो, मूल्य बढ्यो

खोटाङमा यो वर्ष अलैंची उत्पादन घटेको छ । अघिल्लो वर्ष ७८७.३६ मेट्रिकटन अलैंची उत्पादन भएको जिल्लामा यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिकटन मात्र उत्पादन भएको हो ।यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैंची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । अलैंचीको फूल खेल्ने समयमा लगातार वर्षासँगै असिना पानी […]

उत्पादनमा कमी आउँदा आँपको मूल्य आकाशियो

असार १४, उदयपुर । उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकाशिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैनन् ।  आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।  विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रू. २० देखि ३० पर्नेमा यस वर्ष रू. ७० देखि १०० सम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।  ‘उत्पादनमा कमी आएकै कारण बजारमा आँपको मूल्य महँगो भएको हो’, त्रियुगा नगरपालका—११ का धनबहादुर खत्रीले भने’, ‘विगतका वर्षमा असारको मध्यतिर बढीमा प्रतिकिलो रू. ३० मा किनेर खाने गरेको आँप अहिले रू. ७० भन्दा बढी पर्ने गरेको छ ।’ आँपका थोक विक्रेताले किसानबाट सयकडाका दरमा खरीद गरी किलोग्राममा विक्री गर्दा किसानले भने सोचेजति आम्दानी लिन पाएका छैनन् ।  त्रियुगा नगरपालिका-१ जोगिदहका किसान धनीकलाल चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा रू. ८०० का दरले खरीद गर्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको दुःखेसो पोखे । सीमित मात्रामा बजारमा आएकाले व्यापारीले सयकडाको दरले आँपको विक्री गर्न मानेका छैनन् ।  स्थानीय व्यापारी कृष्णदेव साहका अनुसार मालदह आँप प्रतिकिलो रू. ७० मा विक्री भइरहेको छ । गत वर्ष स्थानीय बजारमा प्रतिकिला रू. ३० देखि ४० सम्म विक्री भएको थियो । यस वर्ष बजारमा आँप कम आएकाले मूल्यमा केही उतारचढाव आएको उनको भनाइ छ ।  जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, आम्बासी, भागलपुर, चौदण्डी गढी नगरपालिकाको हँडिया,सुन्दपुर क्षेत्र, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, श्रीपुर, राजाबास, लक्ष्मीपुर, साउने, खाँबु, कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, उदयपुर गढी गाउँपालिकाको दनुवारबेसी, नेपालटार, भलायाडाँडा क्षेत्र आँप जोनको रुपमा रहेको केन्द्र कृषि प्राविधिक अधिकृत अम्बीका भट्टराईले जानकारी दिए ।  यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्‍याएपछि आँपको उत्पादन घटेको उनको भनाइ छ । आँपको उत्पादन घटेसँगै उदयपुरमा आँपको मूल्यमा पनि वृद्धि भएको केन्द्रले जानकारी दिएको छ । रासस

हावाहुरीले कृषि बालीमा क्षति

हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु¥याएपछि कृषक चिन्तित भएका छन्। पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।

पर्वतमा असिनाले करोडौंको कृषि उत्पादनमा क्षति

केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चल्ने गरेको छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र…