बालबालिकालाई जन्मनेबितिकै लगाउने ७९ प्रतिशत बीसीजी खोप खेर गएको पाइएको छ। महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो। त्यस्तै, रोटातर्फ न्यूनतम ७ दशमलव ६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ।