काठमाडौं : साउन ७ गतेसम्म नलगाए हाल मौज्दात १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने भएको छ।कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जान लागेको हो।स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार पछिल्लो पटक आएको कोभिसिल्ड खोपको म्याद जुलाई २३ सम्म लगाइ सक्नुपर्ने म्याद रहेको