समिति खारेज गरेको विरोधमा दाङका यातायात व्यवसायीले गरे नाराबाजी (फोटोफिचर)

दाङका यातायात व्यवसायीले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भ्रष्टचारीको आरोप लगाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्। सरकारले यातायात समिति खारेज गरेको विरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका दाङका यातायात व्यवसायीले आइतबार यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुर अगाडि प्रदर्शनका क्रममा गृहमन्त्री थापालाई भ्रष्टचारी भएको भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका…

सम्बन्धित सामग्री

रूग्ण निकाय/संस्था खारेज गर्ने घोषणा हचुवामा भयो : सरोकारवाला

काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले नियमित खर्च घटाउन भन्दै बजेटमार्फत केही निकाय/संस्था खारेज गर्ने र केहीलाई मर्जर गर्ने घोषणा गरेका छन् । उक्त कदम अध्ययन, तयारी र वैकल्पिक व्यवस्थापनको आधार खडा नगरी चालिएको भन्दै सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।  गत जेठ १५ मा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट सार्वजनिक गर्दा अर्थमन्त्री महतले कपास विकास समितिदेखि जिल्ला निर्वाचन कार्यालयसम्म खारेज गर्ने घोषणा गरेपछि अन्योल सृजना भएको छ ।  बाँकेको खजुरास्थित कपास विकास समिति खारेज गर्ने सरकारको घोषणाले बाँके र बर्दियाका किसान चिन्तित बनाएको छ । गठन आदेश २०३७ अनुसार केन्द्रीय रूपमा स्थापना भएको कपास विकास समिति खारेज गर्ने घोषणा हुनु दुर्भाग्यपूर्ण भएको खजुराका सतीश निरौलाले बताए । समितिअन्तर्गत रहेका करोडौं मूल्यका उपकरणको उपयोग गर्दै कपाससँगै धागो उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्न सकिने उनको भनाइ छ ।  बाँकेको खजुरामा केन्द्रीय कार्यालय रहेको कपास विकास समितिले चालू आव २०७९/८० मा ३ करोडको कपास विक्री गरेको छ । यो कपास खेती गर्ने उपयुक्त समय भएकाले त्यसका लागि ३ सय किसान छनोट गरी आवश्यक बीउ र विषादी खरीद गरिसकिएको समितिका अध्यक्ष हेमन्तराज काफलेले जानकारी दिए । उनले भने, ‘गोदामको सबै कपास विक्री भयो, माग उस्तै छ । यहाँका किसानले कपास खेतीबाट मनग्य आम्दानी गरिरहेका छन्,’ उनले भने, ‘माथि उठ्न खोजिरहेको संस्था खारेज गरिनु दु:खद हो । १० करोड पूँजी पुगिसकेको छ । समिति पछिल्ला वर्षहरूमा निरन्तर नाफामा छ ।’ पछिल्लो समय कपासको माग बढेकाले मागअनुसार आपूर्ति गर्न नसकिरहेको समितिका अध्यक्ष काफलेको भनाइ छ । चालू आवमा किसानबाट सय टन कपास खरीद गरेकामा सबै विक्री भइसकेको उनले जानकारी दिए ।   महतले राष्ट्रिय दुग्ध विकास बोर्ड पनि खारेज गर्ने घोषणा गरे । दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने, किसानलक्षित सहुलियत प्याकेज ल्याउने र डेरी उद्योगसम्बन्धी नीति/नियम बनाउने संस्था नै खारेज हुन लागेपछि सम्बद्ध निकायहरू उक्त निणर्यको विरोधमा उत्रिएका छन् । डेरी उद्योगसँग सरोकार राख्ने संघ/संस्थाहरू नेपाल डेरी साइन्स एशोसिएशन, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएशनलगायत संस्थाले सरकारको उक्त निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । नेपाल डेरी साइन्स एशोसिएशनका अध्यक्ष टेकबहादुर थापाले देशको कुल राष्ट्रिय उत्पादनमा ठूलो योगदान पुर्‍याइरहेको डेरी उद्योगको नियामक निकाय खारेजी हुनु दु:खद रहेको बताए । केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले राष्ट्रिय दुग्ध विकास बोर्ड किसानले आफना कुरा राख्ने ठाउँ भएको भन्दै खारेजी औचित्यपूर्ण  नरहेको बताए ।

फोटोफिचर: कोशी नामांकन विरोधमा मार्चपास

कोशी प्रदेशको नाम खारेजी माग गर्दै पहिचान पक्षधर संगठनहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । बृहत् नागरिक आन्दोलन लगायत विभिन्न संगठनका अगुवाहरूले माइतीघरदेखि नयाँ वानेश्वरको संसद्‍ भवनसम्म मार्चपास गरेका हुन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो । शुक्रबार सचेत पहिचानवादी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ काठमाडौं लगायत पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन

काठमाडौँ । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् । उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन । कोसी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा […]

एमसिसीको विरोधमा राप्रपाले झापामा प्रधानमन्त्रीको पुत्ला जलायो

झापा : पूर्वी नेपालको काँकडभिट्टा नाकामा एमसिसीको विरोधमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।राप्रपा जिल्ला कार्य समिति झापा र मेचीनगर नगर समितिले सोमबार दिउँसो अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन्। प्रदर्शनकारी राप्रपाकार्यकर्ताले 'एमसिसी चाहिँदैन–देश बेच्न पाईँदैन', 'राष्ट्रघाती सम्झौता खारेज गर' जस्ता नारा लगाए

एमसिसीको विरोधमा युवाहरुले गरे नेपालस्थित कार्यालय अगाडि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा युवाहरुले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् । एमसिसी खारेज राष्ट्रिय अभियानका निर्ग जैसीसहितको टोलीले एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को याक एण्ड यती होटलस्थित कार्यालय अगाडि युवाहरुले शनिबार प्रदर्शन गरेका हुन् । युवाहरुले होटल भित्रै गएर प्रदर्शन गरेका […]

सार्वजनिक सवारी नचल्दाको सास्ती: फोटोमा हेर्नुस् :: Pahilopost.com

सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दूरीका यात्रु मारमा परेका छन्।  उपत्यकामा कम्पनीमा आवद्ध सवारी चले पनि समिति आवद्ध सवारी नचलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।  सबै गाडी ग्यारेजमा थन्क्याइएको कर्माचार्यले बताए।  चालु

आज बस नचलाउनेलाई पक्रिन गृह मन्त्रीको निर्देशन :: Pahilopost.com

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएका छन्।  सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो दुरीका यात्रु मारमा परेका छन्।  जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै व्यवसायीलाई ऐन अनुसार कारबाही