बीमा समिति विरुद्द उत्रिए हाइड्रो र निर्माण व्यवसायी, निर्देशिका खारेज नभएसम्म आन्दोलन जारी राख्ने

बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले जारी गरेको निर्देशिकाको विरोधमा हाइड्रो उद्यमीहरुले आन्दोलन थालेका छन् । समितिले असोज ६ गते निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको Minimum Premium Rate for Non-Tariff Insurance Business निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) आन्दोलित भएका हुन्। बीमा कम्पनीहरुसंगको मिलिभगतमा उक्त निर्देशिका जारी गरिएको व्यवसायीको आरोप छ । उक्त निर्देशिकाले ऊर्जा परियोजना र भौतिक पूर्वाधार निर्माणको क्षेत्रलाई गम्भीर समस्यामा पारेको तथ्यतर्फ बीमा समितिको पटक–पटक लिखित-मौखिकरुपमा ध्यानाकर्षण गराईएको र समितिले समितिले बेवास्ता गरेको भन्दै सरोकारवाला संस्थाहरु आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो दिन आज बिहिबार बीमा समितिको कार्यालयमा दिउसो १ बजेदेखि २ बजेसम्म शान्तिपूर्ण धर्ना दिएका छन्। कालो ब्यानर र प्लेकार्डसहित बीमा समितिको कार्यालय पुगेका सरोकारवाला संस्थाहरुले धर्ना कार्यक्रमभर नाराबाजी गरेका थिए । धर्ना कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बीमा समितिको बलजफ्ती रबैयाले आफूहरुलाई आन्दोलन गर्न बाध्य पारेको बताए । उनले ऊर्जा र निर्माण ब्यबसायलाई चौपट पार्ने उक्त निर्देशिका खारेज नभएसम्म आन्दोलन निरन्तर जारी रहने प्रष्ट पारे । एफक्यानका अध्यक्ष रबी सिंहले बीमितको जोखिम हस्तान्तरण नहुने हुदा बीमा गर्नु र नगर्नुको कुनै अर्थ नरहने ब्यबस्था गरिएको उक्त निर्देशिका बीमा समितिले जबर्जस्ती गरेर कार्यान्वयनमा लगेपछि आन्दोलन गर्नु परेको बताए । उनले निर्देशिकाको कारण हाइड्रो पावर र सडक निर्माण परियोजनाहरुको लागत आकासिन गई यो क्षेत्रका लगानीकर्ताहरुलाई ठूलो आहत बताउँदै आज ८ गते र भोली ९ गते बिरोधको शान्तिपूर्ण धर्ना कार्यक्रम रहेको जानकारी गराए । त्यसपछि अझ सशक्त बिरोधका कार्यक्रमको घोषणा गरिने अध्यक्ष रबी सिंहले बताए । भौतिक पूर्बाधार निर्माणमा गम्भीर रुपमा बाधा उत्पन्न गर्दै  मलुकको आर्थिक समृद्धिको गतिलाई नै ठप्प पार्ने उक्त निर्देशिका खारेजीको लागि इप्पन र एफक्यानले निर्देशिका जारी भएलगत्तैदेखि बीमा समितिको ध्यानाकर्षण गराउँदै आएका थिए । मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, गरिबी निबारण र राजश्व संकलनमा ठूलो योगदान गर्ने ऊर्जा क्षेत्र र निर्माण ब्यबसाय क्षेत्रलाई गम्भीर समस्या सिर्जना गर्दै जारी निर्देशिका खारेजीको मागलाई वेवास्ता गर्नुले बीमा समितिको नियत प्रष्ट पारेको उनीहरुले उल्लेख गर्दै आएका छन् । उक्त निर्देशिकाबाट सिर्जित समस्या आपसी बार्ताका माध्यमबाट हल गर्न समिति अग्रसर नहुनुले पनि बीमा समितिको मिलिभगत छर्लङ्ग भएको उनीहरुको आरोप छ । निर्देशिका खारेज नभएसम्मका आन्दोलन जारी रहने व्यबसायीले बताएका छन् । औचित्यपूर्ण र तार्किक आपसी छलफलबाट समाधान खोजिरहेका सरोकारवाला निकायहरुलाई आन्दोलनमा जान बाध्य पारिएको हुदा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार समिति र त्यसका अध्यक्ष नै हुने व्यवसायीहौरले उल्लेख गरेका छन्।

सम्बन्धित सामग्री

म्याद थपको प्रक्रियाप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले एकमुष्ट म्याद नथपेको विषयमा निर्माण व्यवसायी असन्तुष्ट भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार सम्मेलन गरेर सरकारले आयोजनाको प्रगतिका आधारमा म्याद थप गर्ने अधिकार आयोजना प्रमुखको तजबिजमा छाडेकोप्रति आक्रोश व्यक्त गरेका छन्।...

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । […]

निर्माण व्यवसायी महासंघमा सिंह

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नवनिर्वाचित पदाधिकारीको शपथग्रहण सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका रवि सिंह पुनः निर्वाचित भएका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा...

मूल्यवृद्धिको मारमा निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले २३औं साधारणसभा, १२औं महाधिवेशन शुक्रबार (आज) बाट आयोजना हुँदैछ । नेपालमा झन्डै १७ हजारभन्दा बढी निर्माण व्यवसायी रहेका छन् । कोरोना प्रकोप र त्यसपछिको अवस्थाले निर्माण व्यवसायीहरू समस्यामा परेका थिए नै, साथै पछिल्लो समय अन्य देशको युद्धका कारण निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि हुँदा थप मारमा परेको जनाइएको छ । विद्यमान सार्वजनिक […]

मेरो काममा बुबाको कुनै हात छैन : निर्माण व्यवसायी पाण्डे

१८ माघ, दाङ । दाङका निर्माण व्यवसायी अनुप पाण्डेले आफूविरुद्ध प्रहरीमा परेको ठगी उजुरीको घटनामा आफ्नो बुबाको नाम जोडेकामा असन्तुष्टि जनाएका छन् । निर्माण व्यवसायी पाण्डे विरुद्ध पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा एक करोड ४४ लाख रकम ठगी गरेको भन्दै उजुरी दिएको छ । सोसम्बन्धी अनलाइनखबरमा प्रकाशित समाचारमा आफ्नो बुबाको नाम जोड्नु गलत भएको निर्माण व्यवसायी […]

नौ निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ । इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको […] The post नौ निर्माण व्यवसायी कालोसूचीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल निर्माण व्यवसायी महासंघ : एक चिनारी

वि.सं २०४७ साल जेठ २१ गते नेपाल निर्माण व्यवसायी संघको रूपमा विधिवत् स्थापना भएको नेपालका निर्माण व्यवसायीको साझा संस्थालाई २०५४ साल मंसिर २१ र २२ गते बसेको नेपाल निर्माण व्यवसायी संघको चौथो साधारण सभामा उपस्थित विभिन्न जिल्ला एवं क्षेत्रका प्रतिनिधिको समेत सहमतिबाट नेपाल निर्माण व्यवसायी संघको विधान २०४६ लाई संशोधन गरी नेपाल निर्माण व्यवसायी संघलाई […]

निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेजबीच सम्झौता

नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्स कलेज अफ इन्जिनियरिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल निर्माण व्यवसायी महासंघका तर्फबाट अध्यक्ष रवि सिंह र एड्भान्स कलेजका तर्फबाट अध्यक्ष रमेशकुमार सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले यस सहकार्यबाट विभिन्न निर्माण परियोजनाहरूमा कार्य गरी विद्यार्थीहरूले आफ्नो सिकाइ क्षमतालाई अझ वृहत् बनाउन सक्ने धारणा राखे […]