समिति खारेजीको विरोधमा यातायात बन्द, लामो दूरीका यात्रुलाई सास्ती, कम्पनीका गाडि खचाखच :: BIZMANDU.COM

काठमाडौँ। सरकारले यातायात समिति खारेज गरेको विरोधमा यातायात व्यवसायीका संगठनले आज सेवा बन्द गरेका छन्। यातायात बन्द हुँदा लामो

सम्बन्धित सामग्री

६ वटा प्रदेशले अझै गाडी भाडा घटाएनन्

काठमाण्डाै - डिजलको भाउ घटेपछि लामो दूरी र बाग्मती प्रदेशमा भाडादर घटेको छ । तर अझै ६ वटा प्रदेशमा छोटो दूरीको गाडी भाडा घटेको छैन । सुदूरपश्चिम, कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अन्तर पालिका भाडादर अहिलेसम्म समायोजन हुन नसकेको हो । वैज्ञानिक भाडादर प्रणाली अनुसार पेट्रोल र डिजलको मूल्यमा ५ प्रतिशत तलमाथि भएमा भाडादर समायोजन गर्नुपर्ने हुन्छ । भाडादर समायोजन गर्दा ३५ प्रतिशत पेट्रोलियम पदार्थ र ६५ प्रतिशत बाँकी पक्षलाई आधार मान्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नाराय...

बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।  नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ । काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए ।  उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।” यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ । गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको १५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौं उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै २० रुपैयाँ तिर्दै आएका थिए । अब देखि चढ्ने वित्तिकै १८ रुपैयाँ र दुरी अनुसार पहिले तिर्दै आएको भाडामा ५ दशमलव ९ प्रतिशतले घटाएर तिर्नुपर्ने छ । रासस

दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, यस्तो छ भाडा दर

काठमाडौँ । सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ […]

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ [भिडियो]

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अगि्रम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अगि्रम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूका लागि यही असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए । भोल

गाडीमा छैन सावधानी !

सवारी साधनमा यात्रुले मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने, लामो दूरी भएका कारण सुरक्षित खानपिन र उठबस जस्ता कुरामा अति सावधानी अपनाउनु पर्ने जस्ता मापदण्ड बनाएर कोभिड–१९ (कोरोना भाइरस) का कारण बन्द भएका यातायात सञ्चालन गर्ने सरकारले निर्णय गर्‍यो।

टिकट नदिई बढी भाडा असुल्छन् सार्वजनिक यातायात :: Pahilopost.com

काठमाडौँः कानुनी रुपमा सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले टिकट पाउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयन नहुँदा उपभोक्ता मारमा पर्ने गरेका छन्। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा छोटो एवं लामो दूरी दुबैमा टिकट दिनुपर्ने प्रावधान राखिए पनि व्यवसायीले यसलाई बेवास्ता गर्दै आएका छन्। टिकट नदिएपछि यात्रुसँग बढी

लामो दूरीको सेवा विस्तार गर्दै साझा यातायात

साउन - ११ । साझा यातायातले उपत्यका बाहिर(लामो दूरी) मा सेवा बिस्तार गर्ने भएको छ । साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर...