पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो । नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ ।महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ । कुकुर पालन दर्ता प्रक्रियाले पोखरालाई स