काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा वेबसाइट र एपबाट खेलाइने अनलाइन जुवा, बिटक्वाइन, हाइपर नेटवर्किङ लगायतलाई प्रतिबन्ध गर्न निर्देशन दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई प्रतिबन्ध गर्न निर्देशन दिएको हो। ‘अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, अनलाइन सञ्जाल लगायतका […]