नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबसाइट तथा एपको जानकारी दिन अनुरोध गरेको छ ।
प्राधिकरणले सोमबार एक सूचना प्रकाशित गर्दै क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवा नेपालमा अवैध रहेको र त्यससँग सम्बन्धित कुनै वेबसाइट, एप तथा सामाजिक सञ्जाल भए जानकारी दिन अनुरोध गरेको हो ।
उक्त सूचनामा भनिएको छ, ‘नेपालमा मौद्रिक...