प्रदेश-२ - नाम मधेश र स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित

काठमाण्डौ – प्रदेश-२ को स्थायी राजधानी र नाम टुङ्गो लागेको छ । स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ । यस्तै प्रदेशको नाम मधेश दुई तिहाइले पारित भएको छ । नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् । कुल १ सय ४ सदस्य रहेको प्रदेश-२ सभाको आजको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।  प्रदेश सभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । प्रदेश सभामा आज भएको मतदानमा सभा...

सम्बन्धित सामग्री

प्रदेश २ ले नाम र राजधानी पाएपछि मधेस प्रदेशका मुख्यमन्त्री जानकी मन्दिरमा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्द लालबाबु राउत गद्दीले जानकी मन्दिरका महन्थ तपेश्वर दाससँग आशीर्वाद लिएका छन्। प्रदेश २ को नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम कायम भएपछि आइतबार जानकी मन्दिरमा पुगेर उनले महन्थसँग आशीर्वाद लिएका हुन्। माघ ३ गते प्रदेशसभा बैठकबाट दुई तिहाइभन्दा बढी बहुमतबाट प्रदेशले नाम र स्थायी राजधानी पाएको छ। मधेस […]

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

काठमाडौं । प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा मधेस नाम र जनकपुरधाम राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित एक […]

प्रदेशले नाम र राजधानी पाएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौं :  प्रदेशले नाम र स्थायी राजधानी पाएको उपलक्ष्यमा प्रदेश सरकारले मंगलबार बिदाको घोषणा गरेको छ।मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। यसअघिको प्रदेश २ ले सोमबार ‘मधेस’ नाम र स्थायी राजधानी जनकपुरधाम पाएको छ।चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ। मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्य र ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।   प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको

प्रदेश २ को नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान हुँदै

काठमाडौँ, ३ माघ। प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएसंगै आजै प्रदेशको नामसम्बन्धी प्रस्तावमा मतदान शुरु भएको छ । आजको प्रदेशसभा बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावबारे प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए । जसमध्ये जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ जनाले मतदान गरेका […]

के आज टुंगिएला प्रदेश २ को नाम र स्थायी राजधानी?

जनकपुरधाम – प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि आज अन्तिम दिन प्रदेशसभामा छलफल हुँदैछ। आइतबार ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा नाम र राजधानीका लागि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा पेश भएको कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेपछि आज प्रदेशसभा बैठक बोलाइएको छ। सभामुख सरोज यादवको […]

प्रदेश २ को नाम ‘मधेस’ नै हुने मन्त्री साहको दाबी

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि माघ ३ गते प्रदेशसभामा मतदान हुने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएकाले माघ ३ गते हुने मतदानबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने बताएका हुन् ।उनले स्थायी राजधानी जनकपुरधाम नै हुने र प्रदेशको नाम मधेस नै हुने दावीसमेत गरे । चिसो मौसमलाई मध्यनजर गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनकपुरधाम–७ मा

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा […]

प्रदेशको नाम ‘मधेस’ भएमात्र राजधानी ‘जनकपुर’ हुन सक्छ : राज्यमन्त्री यादव

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ को नाम मधेस प्रदेश भएमा राजधानी जनकपुरधाम हुने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताए ।प्रदेशको नाम र स्थायी राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले प्रदेशको नाम ‘मधेस’ स्वीकार्य हुन नसके राजधानी पनि जनकपुर स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।उनले प्रदेशको नाम र राजधानी राजनीतिक विषय भएकाले यसलाई इतिहास र धर्मसँग मात्

प्रदेश २ : यसपटक पनि स्थायी राजधानी र नाम जुर्ने सम्भावना कम

जनकपुर : प्रदेश २ को नाम र राजधानीबारे फेरि अन्योल कायम नै रह्ने अवस्था देखिएको छ। प्रदेश २ को नाम र राजधानी तय गर्न दलहरूले पुरानै अडान कायम राखेको हुँदा नाम र राजधानीबारे पुरानो अवस्था नै दोहोरिने स्थिति देखिएको हो। दलहरूले दर्ता गराएको प्रस्ताव दर्ताअनुसार पुरानै अवस्था दोहोरिने भएको छ।प्रदेश नं २ को प्रदेशसभा सचिवालयले आह्वान गरेको नाम र राजधानीबारे प्रस्ताव दर्ताअनुसार नेपाली कांग्रेसले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम’ राख्ने प्रस्ताव दर्ता गराए