प्रदेश २ को नाम ‘मधेस’ नै हुने मन्त्री साहको दाबी

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि माघ ३ गते प्रदेशसभामा मतदान हुने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री साहले प्रदेश २ को नाम र राजधानी तय गर्नका लागि दलहरु लचक भएकाले माघ ३ गते हुने मतदानबाट स्थायी राजधानी र नामको टुंगो लाग्ने बताएका हुन् ।उनले स्थायी राजधानी जनकपुरधाम नै हुने र प्रदेशको नाम मधेस नै हुने दावीसमेत गरे । चिसो मौसमलाई मध्यनजर गर्दै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनकपुरधाम–७ मा

सम्बन्धित सामग्री

मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन : मन्त्री साह

महोत्तरी – आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएको दाबी गरेका छन्। मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउँदै उनले अब मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ नरहेको जिकिर गरे । गौशाला-८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले […]

प्रदेशको नाम र राजधानी तय भएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौँः प्रदेशको नामाकरण र राजधानी तोकिएको खुसियालीमा मधेश प्रदेशमा बिदा घोषणा गरिएको छ। सोमबार प्रदेश सभाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम तोकेको थियो।  मधेश प्रदेशका आर्थिक मामिला मन्त्री शैलेन्द्र साहले मंगलबार बिदा घोषणा गरिएको बताए।  निर्वाचनको चार वर्षपछि प्रदेशको नामाकरण गरिएको हो।

‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने’

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा बुधवार आयोजित कार्यक्रममा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुंगिने उनले बताए । ‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ,’ मन्त्री साहले भने, ‘प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।’ प्रदेशसभाको समयावधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने नैतिक दबाब रहेकाले जसरी पनि प्रदेशको नाम र राजधानीको विषय टुंगिने उनले विश्वास व्यक्त गरे । शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरणको कार्यक्रम शुरू गरेको भन्दै सञ्चारमन्त्री साहले चिसो र शीतलहरबाट नागरिकको ज्यान जोगाउन सरकारले आवश्यक तयारी गरिरहेको समेत बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता परमेश्वर साहले जाडोबाट प्रभावित विपन्न नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएकाले तीनै तहको सरकार तत्काल यसप्रति गम्भीर हुनुपर्ने बताए । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्र तथा स्थानीय पवन ठाकुरले प्रदेश सरकारले विपन्न नागरिकलाई कम्बल वितरण गरी सराहनीय कार्य गरेको बताए । कार्यक्रममा सञ्चारमन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

‘प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्छ’

जनकपुर– प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका– ७ मा बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ […]

सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, महेन्द्र राय यादव मन्त्री बने

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश” प्रदेश-२ बाटै प्रमोद साह को […]

जसपाले टुंग्यायो सरकारमा सहभागी हुने मन्त्रीको नाम

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ । जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइएको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा […]

जसपाले बुझायो प्रधानमन्त्रीलाई नाम, को हुँदैछन् मन्त्री?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री चयन गरेको छ। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्। जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको उनको भनाइ छ। जसपाले भौत

जसपाले छान्यो मन्त्री, यी हुन् छानिएका ४ भाग्यशाली नाम

जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री चयन गरेको छ । जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा प्रदेश ३ बाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भएको जसपा नेता मोहम्मद ईश्तियाक राईले जानकारी दिए । 'शेबदे (शेरबहादुर देउवा) नेतृत्व सरकारमा केन्द्रीय अध्यक्ष मा. उपेन्द्र यादवजीको निर्णयले #प्रदेश- २ बाट मा. रेणु यादव, मा. रामसहाय प्र.यादव र मा. प्रमोद साह # प्रदेश-३ बाट मा. राजेन्द्र प्र. श्रेष्ठलाई मन्त्री बनाउने निर्णय भऐको हुँदा नवनियुक्त मन्त्रीज्यूहरूलाई हार्दिक बधाईसहित कार्यकाल सफलताको शुभक...

प्रदेश २ मा माओवादीबाट साह र कर्ण मन्त्री बन्ने

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर २ संसदीय दलले सरकारमा सहभागी हुने नेताको नाम तय गरेको छ । सो दलले माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साह र रुवी कर्णलाई सरकारमा पठाउने निर्णय गरेको हो ।शुक्रबार बसेको संसदीय दलको बैठकले साहलाई मन्त्री र कर्ण राज्यमन्त्रीमा पठाउने निर्णय गरेको छ । साह र कर्णलाई सरकारमा पठाउने निर्णय भएपनि उनीहरुलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने निश्चित भैसकेको छैन । शनिबार ३ बजे सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।स्रोतका अनुसार माओवादीलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्