पर्सा। पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि खोज्दै जाँदा प्रहरीले बगही गेट नजिकैबाट गाँजासहित भारतको उत्तर प्रदेशका रवीकान्त भारती र विहारका सुनिल भारतीलाई पक्राउ गरेको हो।