सरकारले सामाजिक सुरक्षा कोषलाई थप बलियो बनाउन श्रम ऐन संशोधनको तयारी गरेको छ ।
अब सामाजिक सुरक्षा कोषमा जान नमान्ने प्रतिष्ठानका कर्मचारीलाई जागिरबाट निकाल्ने अधिकारसहित सरकारले श्रम ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो ।
प्रस्तावित संशोधन मस्यौदा अनुसार अब सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नचाहने रोजगारदातालाई त जेल हाल्ने सम्मको व्यवस्था प्रस्ताव गरिएको खबर राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।