काठमाडौं : इटलीले भूमध्य सागरमा फसेका एक हजार बढी आप्रवासीको उद्धार गरेको छ। विभिन्न देशबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्न खोजेका झण्डै १३ सय आप्रवासी भूमध्य सागरमा फसेपछि इटलीको कोस्टगार्डले उद्धार अभियान चलाएको थियो। जसबाट एक हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन्। गत हप्तामात्रै यो क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको थियो। पुराना र कमजोर डुंगामा ठेलमठेल गरी युरोपतर्फ लागेका आप्रवासी समुद्रमा फसेपछि इटलीले उद्धार अभियान चलाएको थियो। इटली