बुद्ध एयरले सबै उडान पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट गर्ने

काठमाडौँ,१३ पुष । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नवनिर्मित पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्रो मानिएको नयाँ विमानस्थलबाट उडान भर्न सम्पूर्ण तयारी गरिएको कम्पनीले जनाएको छ […]

सम्बन्धित सामग्री

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा १७ फागुन । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर […]

बुद्ध एयरले अब जनकपुरधाम–पोखरा दैनिक उडान गर्ने

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि गण्डकी प्रदेशको राजधानी पोखरासम्म अब दैनिक उडान हुने भएको छ। करिब तीन साताअघि हप्तामा तीन दिन सेवा सञ्चालन गरको बुद्ध एयरले अब नियमित उडान भर्ने भएको हो। बुद्ध एयर जनकपुरधामका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले यात्रुहरुको मागअनुसार जनकपुरधाम–पोखरा–जनकपुरधाम उडान बिहीबारदेखि हप्ताको सातै दिन हुने जानकारी दिए। बुद्ध एयरले अहिले सोमबार, […]

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने जानकारी दिनुभएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी-पोखरा हवाई उडान सुरु […]

पोखरा–सिमरा सीधा उडान गर्दै बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले पोखरालाई आधार बनाएर भदौ १६ गतेदेखि पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाहेक पोखरालाई बेस बनाएर उडान गर्ने उद्देश्यले उक्त कम्पनीले वीरगञ्जको सिमरामा साताको ३ दिन सीधा उडान गर्ने भएको हो । कम्पनीले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सेप्टेम्बर १ देखि पोखरा–सिमरा सीधा उडानको तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको ३ दिन (आइतवार, बुधवार र शुक्रवार) उडान गर्ने कम्पनीले जानकारी दिएको छ । केही समयपछि यात्रुको माग अनुसार दैनिक उडान समेत गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार पोखराबाट–सिमरा उडान अपराह्न १२ः२० र सिमरा–पोखरा उडान १ः१५ बजे हुनेछ । पछिल्लो समय कम्पनीले पोखरालाई बेस बनाउँदै विभिन्न प्रदेशसँग सीधा उडान शुरू गरेको छ । कम्पनीका बजार निर्देशक रूपेश जोशीले पोखरा–सिमरा सीधा उडानले सिमरा÷वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा चहलपहल बढ्ने बताए । सिमरा÷वीरगञ्ज देशकै ठूलो औद्योगिक कोरिडोर भएकाले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने उनको भनाइ छ । यसैगरी कम्पनीको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त प्याकेज सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँको हुनेछ । यसमा २ रात ३ दिनको प्याकेज र त्यसअनुसार दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थलसम्म गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रूम र बिहानको ब्रेकफास्ट संलग्न रहेको बताइएको छ ।

साउन ३१ गतेदेखि भरतपुर-भैरहवा उडान शुरु गर्दै बुद्ध एयर

साउन २०, चितवन । यही साउन अन्तिमबाट बुद्ध एयरले भरतपुर-भैरहवा उडान गर्ने भएको छ । बुद्ध एयरले क्षेत्रीय विमानस्थलहरुलाई जोड्नुका साथै टुरिजम क्षेत्रलाई जोड्ने उद्धेश्यसहित भरतपुर–भैरहवा रुटमा उडान गर्न लागेको हो । बुद्ध एयरले भैरहवा उडान जोडेपछि देशका मुख्य पर्यटकीय स्थल पोखरा, लुम्बिनी, काठमाडौं र सौराहा लगायतका पर्यटकीय क्षेत्र जोडिने विमानस्थल प्रमुख योगेन्द्र कुँवरले बताए ।  ‘अहिले बुटवल नारायणगढ सडक निर्माणाधीन पनि छ, कुँवरले भने, उडान चलेपछि दुवै तिरका यात्रुलाई सहज पनि हुन्छ । ’ बुद्ध एयर भरतपुरका प्रबन्धक  भक्तबहादुर बस्नेतले साउन ३१ बाट यो उडान हुने मिति तय भएको जानकारी दिए । उनका अनुसार आइतवार, बुधवार र शुक्रवार १८ सिटे जहाज चल्ने गरि उडान तालिका तय भएको छ । यसअघि बुद्ध एयरले भरतपुर-काठमाडौं र भरतपुर–पोखरा रुटमा उडान गर्दै आइरहेको छ ।  केही दिन अघिबाट यति एयरलाईन्सले आफ्नो उडान स्थगित गरेपछि बुद्ध एयरले हाल भरतपुर-काठमाडौं ९ ओटा उडान र भरतपुर–पोखरा एउटा उडान हुँदै आएको छ ।  भरतपुर भैरहवाको लागि भाडादर जहाजको अकुपेन्सी अनुसार निर्धारण गरिएको बस्नेतले बताए । जसअनुसार यात्रुको लागि तीन किसिमको  भाडादर निर्धारण गरिएको छ । ‘कम्पनीले चार हजार ३३५, तीन हजार ३३५ र दुई हजार ८३५ भाडादर निर्धारण गरेका छौं, बस्नेतले भने, यसका लागि बी फेयर, ए फेयर र वाई फेयर गरेर वर्गीकृत गरेका हौं । ’ बुटवल नारायणगढ सडकखण्डका कारण यात्रुहरुको माग र आवश्यकता हेरेर पनि कम्पनीले भरतपुर भैरहवा उडान जोड्न लागेको बस्नेतको भनाइ छ ।

नेपालगन्ज–पोखरा उडान शुरू

नेपाल समाचारपत्र, बाँके । नेपालगन्जदेखि पोखरा उडान शुरू भएको छ । बुद्ध एयरले आइतबारदेखि त्यसको शुरुवात गरेको हो । पहिलो उडानमा १७ जना यात्रु पोखरा पुगेका छन् । बुद्ध एयर, नेपालगन्जका प्रबन्धक विनित शाहका अनुसार हप्ताको तीन दिन नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान हुनेछ । बुद्ध एयरले आइतबार, बुधबार र शुक्रबार नेपालगन्ज–पोखरा–नेपालगन्ज उडान गर्नेछ । नेपालगन्ज–पोखराका लागि तीन […]

बुद्ध एयरले सुरु गर्‍यो नेपालगञ्ज–पोखरा उडान

नेपालगञ्ज – बुद्ध एयरले नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान सुरु गरेको छ। आइतबार बिहान १० बजे नेपालगञ्जदेखि पोखराका लागि बुद्ध एयरको १८ सिटे जहाजको उडान भएको हो। बुद्ध एयरले हप्ताको तीन दिन नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान गर्ने भएको छ। बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर विनित शाहका अनुसार, आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा–नेपालगञ्ज उडान हुनेछ। आइतबार नेपालगञ्जदेखि १७ जना यात्रु पोखरा […]

पोखरा–नेपालगञ्ज सिधा उडान शुरु गर्दै बुद्ध एयर

साउन ८, कास्की । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान गर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतवार, बुधवार र शुक्रवार उडान गर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान गर्ने योजना बनाएको छ । पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए ।  उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ । नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् ।     यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जानकारी दिएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ । कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले संक्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जानकारी दिएको छ । पछिल्ला दिनमा हवाई यात्रुको संख्या पनि क्रमशः बढिरहेको कम्पनीले जानकारी दिएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् ।

पोखरा–नेपालगञ्ज उडानको तयारीमा बुद्ध एयर

काठमाडौं। बुद्ध एयरले पोखरादेखि नेपालगञ्जसम्म सीधा हवाई उडान भर्ने भएको छ। यही साउनको १७ गतेदेखि कम्पनीले पोखरा–नेपालगञ्ज उडान भर्ने भएको हो। यो गन्तव्यमा साताको तीन दिन सिधा उडान हुने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आइतबार,बुधबार र शुक्रबार सिधा उडान हुनेछ। उडान सुरु गर्दा सातामा तीन दिन मात्र गरेपनि यात्रुको माग र चापअनुसार उडान थप्दै लग्ने योजना कम्पनीले बनाएको छ।

साउन १७ गतेदेखि अन्तरप्रदेश ‘पोखरा–नेपालगञ्ज’ सिधा उडान

आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । पहिलो पटक अन्तर प्रदेश पोखरा-नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयर