साउन १७ गतेदेखि अन्तरप्रदेश ‘पोखरा–नेपालगञ्ज’ सिधा उडान

आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । पहिलो पटक अन्तर प्रदेश पोखरा-नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयर

सम्बन्धित सामग्री

नयाँ वर्षदेखि बुध्द एयरले भद्रपुर–पोखरा सिधा उडान भर्ने

निजी हवाई कम्पनी बुध्द एयरले नयाँ वर्ष २०७९ देखि भद्रपुर–पोखरा सिधा उडान भर्ने भएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै आगामी बैंशाख २ गतेदेखि भद्रपुरबाट पोखरा दैनिक सिधा उडान भर्ने जानकारी दिएको हो । अन्तरप्रदेश यस रुटमा दैनिक दुई वटा फ्लाइट हुने जानकारी दिँदै कम्पनीले पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे नियमित फ्लाइट हुने जनाएको छ ।यस रुटको सुरुवाती भाडादर भने ६ हजार ९०० रुपैयाँ कायम गरिएको बुद्ध एयरले जनाएको छ ।यस किसिमको अन्तरप्रदेश उडानबाट दुबै प्

बुद्ध एयरले जनकपुर र धनगढीबाट पनि पोखराको सिधा उडान भर्ने

बुद्ध एयरले अब जनकपुरधाम र धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने भएको छ । यसअघि अन्तरप्रदेश काठमाडौं, भरतपुर र भैरहवाबाट मात्रै पोखरा सिधा उडान भरिरहेको कम्पनीले अब जनकपुर र धनगढीबाट समेत उडान भर्न लागेको हो ।मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी मार्च १ देखि  थप दुई स्थानबाट पोखरा नियमित उडान भर्ने जनाएको छ  । शुरुमा साताकाे ३ दिनमात्रै उडान तालिका बनाएको कम्पनीले यात्रुको माग अनुसार दैनिक बनाउने योजना समेत बनाएको जानकारी दिएको छ ।कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार प