जनकपुर स्थायी राजधानी र मधेस प्रदेश नाम राख्न माग

जनकपुरधाम उद्योग वाणिज्य संघले  प्रदेशको २ को स्थायी राजधानी जनकपुरधामलाई मुख्यमन्त्री लालबाबु राउतदेखि सम्पूर्ण पार्टीका संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीले आइतबार मुख्यमन्त्री राउत, सभामुख सरोज कुमार यादव, प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनल, कांग्रेसका दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद किशोरी साहलाई अलग-अलग ज्ञापन पत्र बुझाएका हो । त्यसैगरि, नेकपा एसका संसदीय दलका नेता तथ

सम्बन्धित सामग्री

स्थायी संरचना निर्माणका लागि जग्गा  खोज्दै मधेस प्रदेश सरकार

पाँच बिघाभन्दा बढी सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन समितिको माग  मधेस प्रदेशले नाम र स्थायी राजधानी पाएपछि अब स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोज्न थालेको छ । प्रदेशले ३ माघमा नाम...

मधेस सरकार : भौतिक संरचना निर्माणका लागि सार्वजनिक जग्गाको तथ्यांक खोज्दै

माघ ३ मा प्रदेशको नामकरण र स्थायी राजधानी कायम भएपछि मधेस प्रदेश सरकारले स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीलाई तीव्रता दिएको छ । यसका लागि मधेस सरकारले सार्वजनिक जग्गाहरूको तथ्याङ्क उपलब्ध गराउन धनुषा र महोत्तरीका मालपोत कार्यालय, नापी कार्यालय तथा गुठी संस्थानलाई भनेको छ ।मधेस प्रदेश सरकारका लागि भौतिक संरचना निर्माण गर्न गठन गरिएको अध्ययन र व्यवस्थापन समितिले प्रदेशको राजधानीको चार किल्लाभित्र पाँच बिघाभन्दा बढी क्षेत्रफलका सार्वजनिक जग्गाहरूको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ

जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर – जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ। राजधानी क्षेत्रभित्र आफ्नो प्रशासनिक र प्रदेशसभा सचिवालय भवन निर्माणका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले विज्ञ टोली गठन गर्न लागेको हो। प्रदेश सरकारको आफ्नै प्रशासनिक भवन नहुँदा जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन […]

मधेस सरकारले सच्यायो प्रदेश राजपत्र

जनकपुरधाम – मधेस सरकारले चुच्चे नक्सासहितको राजपत्र प्रकाशन गरेको छ। प्रदेशले नाम र स्थायी राजधानी पाएपछि मधेस प्रदेश सरकारले प्रकाशन गरेको प्रदेश राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन गरेपछि यसको आलोचना भएको थियो। आलोचनापछि प्रदेश सरकारले आइतबार पुनः चुच्चे नक्सासहितको प्रदेश राजपत्र प्रकाशन गरेको हो। मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भूलवश हुन गएको प्राविधिक त्रुटि सच्याइएको जानकारी […]

मधेस प्रदेशमा राजधानी र प्रदेश नामाकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा

काठमाडौँ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी […]

अन्ततः ‘मधेस’ प्रदेश

काठमाडौं । प्रदेश २ को नाम ‘मधेस प्रदेश’ कायम भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा भएको मतदानमा दुई तिहाइभन्दा बढी मत मधेस प्रदेशको पक्षमा खस्यो । मधेस आन्दोलनका शहीदको रगतले प्रदेशको नाम मधेस लेख्नमा ढिलाइ भए पनि त्यसले पूर्णता पाएको छ । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेसँगै प्रदेशको नामकरणका लागि […] The post अन्ततः ‘मधेस’ प्रदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

अव प्रदेश नं २ को नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम

माघ ३, काठमाडौं । प्रदेश नं २ को नाम लामो समयको प्रतिक्षापछि मधेस प्रदेश नामकरण भएको छ । सोमवार बसेको प्रदेश सभाको बैठकले मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पास गरेको हो । मधेस नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।  स्थायी राजधानी जनकपुरधाम सोमवार  नै प्रदेश सभाको पहिलो बैठकले स्थायी राजधानी जनकपुरधामलाई पारित गरेको छ । योसँगै लामो समयदेखि सहमति हुन नसकेको प्रदेश नं २ को राजधानी पनि टुंगो लागेको छ ।लगभग चार वर्षपछि प्रदेश नं २ को नाम र राजधानी तय भएको हो ।

प्रदेश नं २ को नाम ‘मधेस’ राजधानी ‘जनकपुरधाम’

जनकपुरधाम– प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले आज मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेशसभाका दुई तिहाइ बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधामलाई कायम गरेको छ । सत्तारूढ दल जनता समाजवादी […]

प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

प्रदेश २ को नाम मधेस प्रदेश तोकिएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो ।   प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाईभन्दा बढी मतले प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो ।संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले टुङ्गो लगाउनु पर्छ । मधेस प्रदेशको पक्षमा मतदान हुँदा ९९ सांसद उपस्थित भएकोमा प्रस्तावको पक्षमा ८० मतमात्र परेको

प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ । प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशको स्थायी राजधानी टुङ्गो लागेपछि प्रदेशको नामका लागि अहिले मतदान जारी छ । विशेष संसदीय समितिले नामका लागि ‘मधेस प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ नाम प्रस्ताव गरेको छ। त्यसमध्ये पहिलो प्रस्ताव मधेस प्रदेशमा मतदान भइरहेको छ ।