माघ ३, काठमाडौं । प्रदेश नं २ को नाम लामो समयको प्रतिक्षापछि मधेस प्रदेश नामकरण भएको छ ।
सोमवार बसेको प्रदेश सभाको बैठकले मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पास गरेको हो । मधेस नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्क्रिय भएको सभामुख सरोजकुमार यादवले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।
स्थायी राजधानी जनकपुरधाम
सोमवार नै प्रदेश सभाको पहिलो बैठकले स्थायी राजधानी जनकपुरधामलाई पारित गरेको छ । योसँगै लामो समयदेखि सहमति हुन नसकेको प्रदेश नं २ को राजधानी पनि टुंगो लागेको छ ।लगभग चार वर्षपछि प्रदेश नं २ को नाम र राजधानी तय भएको हो ।