प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् । बुधबार कोभिढ १९ विरुद्धको खोप भण्डारण केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको राजधानी र नाम टुंगो लगाउने अन्तिम तयारी भैरहेको बताएका हुन् । उनले सम्बोधन गर्दै भने– ‘सरकारमा रहेका विभिन्न विचारधारा बोकेका र राजनीतिक पृष्ठभूमि भएकाहरु पनि एक भएर गइरहेका छौँ । प्रदेशको नाम र राजधानी टुंग्याउने तयारी गरिरहेका छौं ।’ उनल