जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको आठौँ अधिवेशनबाट प्रदेशको नाम र राजधानी तय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधबार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशको नाम र राजधानी तोक्ने बताएका हुन्।