सात महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका सबै सामुदायिक विद्यालय ठप्प भएका छन् । शिक्षकहरु धर्नामा बसेका छन् भने कर्मचारीहरु समेत आन्दोलित छन् । सात महिना बित्दा समेत यहाँ नगरसभा हुन सकेको छैन । जसले बजेट नआउँदा शिक्षक र कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।