काठमाडौं : विश्वकप २०२२ को विजेता बनेको अर्जेन्टिनी टोली सोमबार स्वदेश फर्किएको छ। ३६ वर्षपछि विश्व विजेता बनेर फर्काएको टोलीलाई अर्जेन्टिनी जनताले भव्य स्वागत गरेका थिए। अर्जेन्टिना पुगेको पहिलो रात मेसी विश्वकपको उपाधिसँगै सुतेका छन्।मेसीले मंगलबार आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू उपाधिसँगै सुतेको र उठेको फोटो राखेका छन्। एक दिनअघि मेसीले सार्वजनिक गरेको उपाधि उचालेको फोटो इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको फोटो बनेको थियो।उक्त फोटोमा झण्डै ६ करोड लाइक आएको थियो। मंगलबार सार्व