भारतको सर्वाेच्च अदालतले सामाजिक सञ्जाल यूट्युब र विभिन्न वेबसाइटबाट प्रसारण हुने सनसनीपूर्ण खबरप्रति चिन्ता व्यक्त गरेको छ । यस्ता माध्यमले जेसुकै पनि प्रसारण गर्ने गरेका सर्वाेच्चको ठहर छ ।
यूट्युबमा विना कुनै जवाफदेही खबर प्रसारण गर्ने गरिएको सर्वाृेच्चले जनाएको छ । यूट्युब र वेबसाइटका खबरमा साम्प्रदायिक कोण देखाउने गरिएको गुनासो छ ।
अदालतका मुख्य न्यायाधीश एनवी रमन्नाको अध्यक्षतामा बसेको इजलासमा जमीयत उलेमा–ए–हिन्दद्वारा दायर रिटमाथि सुनुवाइका क्रममा अदालतले यूट्युबको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । ...