बारा २ मा उपेन्द्र यादवको प्रारम्भिक अग्रता, रमेश खरेल चौंथो

बारा । बारा २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ। ६७० मत गणना हुँदा जसपाका उम्मेदवार उपेन्द्र यादवले २२४ मत ल्याएर अग्रता लिएका छन्। उनलाई जनमतका शिवचन्द्र कुसवाहले १७० मत ल्याएर पछ्याइरहेका छन्। १६६ मत ल्याएर एमालेका पुरूषोतम पौडेल तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएर चौथो स्थानमा छन्।

सम्बन्धित सामग्री

बारा-२ : मतान्तर बढाउँदै उपेन्द्र यादव, रमेश खरेल चाैंथाेमै संघर्षरत

काठमाडौं- बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार यादवले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भन्दा ४ हजार ३२२ मतका साथ लिड गरिरहेका छन् । यादवले १८ हजार ४९६ मत पाउँदा कुशवाहाले १४ हजार १७४ म...

बारा–२ मा उपेन्द्र यादव २८ सय मतले अघि

वीरगञ्ज – बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्। यादवले २२ हजार ९६ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मत पाएका छन्। उनीहरुबीच २ हजार ८१७ मतको अन्तर छ। यस्तै एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ मतसहित तेस्रो स्थानमा छन् भने रास्वपाका रमेश खरेल २६ सय मतसहित चौथो स्थानमा […]

सधैँ नागरिककै माझमा छु, मेरो जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको बारा–२ बाट नेकपा एमालेका मधेश प्रदेश प्रदेश सहइन्चार्ज पुरुषोत्तम पौडेलले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको माओवादी, कांग्रेस, लोसपा र एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट अरुण ज्ञवाली प्रतिस्पर्धीका रुपमा […]

उपनिर्वाचन: एक ठाउँमा हार्दै, अर्कोमा सर्दै

वैशाख १० गते प्रतिनिधिसभा सदस्यका तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यसमा एउटा संयोग यस्तो छ कि तीन जना उम्मेदवार यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजित हुन् । सप्तरी-२ मा पराजित उपेन्द्र यादव, काठमाडौं-६ मा पराजित सर्वेन्द्र खनाल र काठमाडौं-१ मा पराजित रमेश खरेल पुन: उम्मेदवार बनेका हुन् । यादव जनता समाजवादी पार्टीका अध्यक्षसमेत हुन् ।

सिके राउतसँगै बारा २ मा उपेन्द्रविरुद्ध उम्मेदवारी दिन पुगे शिवचन्द्र कुशवाहा

कलैया : बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टी अध्यक्ष सिके राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गरेका हुन्। सो क्षेत्रबाट जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायतले पनि मनोनयन दर्ता गराइसकेका छन्।