काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले ग्लोबल वार्मिङ (विश्वव्यापी तापमान) बढिरहेको र यसका लागि स्पष्ट रूपमा मानव जाति नै जिम्मेवार भएको बताएको छ । इन्टरगभर्नमेन्टल प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले पृथ्वीको औसत तापमान सन् २०३० सम्म एक दशमलव पाँच डिग्री सेल्सियससम्म बढ्ने आफ्नो प्रतिवेदनमा भनेको छ ।बढ्दो तापमानबाट विश्वभरमा मौसमसँग जोडिएका ठूलो आपत् आउने प्रतिवेदनमा भनिएको छ । विश्वले पहिलेदेखि नै हिउँ पग्लिने, समुद्रको बढ्दो स्तर र बढ्दो अम्लीकरणमा अपरिवर्तनीय परिवर्तनको अनुभव गरिरहेको छ । प्यानलको नेतृत्व गरिरहनुभएकी व...